चितवन, ३२ साउन । गत शुक्रबार रातिदेखि आएको बाढीका कारण जिल्लाको सौराहा, जगतपुर र मेघौलीमा रहेका करिब १२० वटा पर्यटकीय होटलमा रु १५ करोड बराबरको क्षति भएको छ ।
क्षेत्रीय होटल संघ सौराहाका अनुसार ती होटलका विस्तारा, कटेज, कार्पेटदेखि गाडी, ग्यास सिलिण्डर, मोबाइल, गोदामका खाद्यान्न, ल्यापटप, कम्प्युटर, पर्खाल, बगैँंचा लगायतमा क्षति पुगेको छ ।
संघका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहाका ११० होटलमा मात्रै रु १३ करोड ५० लाख बराबरको क्षति भएको छ । कम क्षति भएका १५ वटा होटल आजबाट नै सञ्चालनमा आउन लागेका र अन्य एक साताभित्रमा सञ्चालनमा आउने उहाँले बताउनुभयो । यद्यपि राप्ती किनारमा रहेका होटल र पव भने सञ्चालन गर्न केही समय लाग्ने उहाँको भनाइ छ ।
होटलमा करिब ६०० पर्यटक रहेका बेला राप्ती र बूढीराप्तीको बाढी पसेपछि सौराहाका होटल डुबानमा परेका थिए । संघले जारी गरेको विज्ञप्तिमा होटलमा रहेका पर्यटकको सक्रियता र स्थानीय होटल व्यवसायीको सचेतनाका कारण मानवीय क्षति हुन नपाएको उल्लेख छ ।
विज्ञप्तिमा भूकम्प, नकाबन्दी हुँदै नारायणगढ–मुग्लिन सडकको कारण पर्यटकको आगमनमा कमी हुँदा आर्थिक भार व्यहोरिरहेका व्यवसायीलाई बाढीले थप क्षति पुरयाएको उल्लेख गर्दै व्यवसायीको बैंक ऋणको ब्यजदरमा सहुलियत दिन सरकारसँग माग गरिएको छ ।
बाढीले वन्यजन्तुसमेत बगाएको भन्दै संरक्षणका लागि तत्काल सरकारी टोली गठन गरी आवश्यक पहल गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक