काठमाडौँ, ३१ साउन । प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयोगका पदाधिकारीले आगामी मंसिर पहिलो हप्तामा प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न आग्रह गर्नुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव तथा आयुक्तहरु आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी आगामी मंसिर पहिलो हप्तामा निर्वाचन गर्ने गरी भदौ १ गतेभित्रै प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न आग्रह गर्नुभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
निर्वाचनको लागि आवश्यक पर्ने कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै आयोगलाई प्राप्त हुनुपर्नेमा पनि उनीहरुले प्रधानमन्त्री देउवालाई पुनः स्मरण गराउनुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले बुधबार मुख्य तीन दलका शीर्ष नेताहरुसँग छलफल गरी सहमति गर्ने र सहमतिअनुसार अगाडि बढ्ने जानकारी दिनुभयो ।
निर्वाचन अधिकृतहरुको नियुक्ति
यसैगरी आयोगले आगामी असोज २ गते सम्पन्न हुने प्रदेश नं. २ का स्थानीय तहहरुको निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत-निर्वाचन अधिकृतको नियुक्ति गर्ने निर्णय गरेको छ ।
आयोगको आज बसेको बैठकले प्रदेश नं. २ का आठ जिल्लाका जिल्ला न्यायाधीशलाई न्यायपरिषदको सिफारिसमा मुख्य निर्वाचन अधिकृतको रुपमा र रा.प. द्वितीय श्रेणीका न्याय सेवाका अधिकृतलाई न्याय सेवा आयोगको सिफारिसमा नियुक्ति गरिएको छ ।
बैठकले प्रशासन र शिक्षा सेवाका रा.प. द्वितीय श्रेणीका अधिकृतसमेत गरी जम्मा १३६ जनालाई आगामी भदौ १ गतेदेखि लागू हुनेगरी मुख्य-निर्वाचन अधिकृतको रुपमा नियुक्ति गरिएको छ ।
मतदाता नामावली संकलन अवधि तीन दिन थप
यसैगरी आयोगले सबै क्षेत्रीय-जिल्ला निर्वाचन कार्यालय र ६६९ स्थानीय तहहरुमा मतदाता नामावली दर्ता-संकलन कार्यक्रम सञ्चालन गर्न तीन दिनको म्याद थप गरिएको छ ।
साउन ३२ गतेसम्म मात्र मतदाता नामावलीमा नाम दर्ता-संकलन गर्ने निर्णय भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेको संख्या कतिपय जिल्लामा अझैपनि धेरै बाँकी रहेको र नाम दर्ता गराउने मतदाताहरुको नाम दर्ता गर्ने चाहना समेत उच्च देखिएकाले आगामी भदौ १ देखि ३ गतेसम्म सबै क्षेत्रीय-जिल्ला निर्वाचन कार्यालय एवं ६६९ स्थानीय तहहरुमा मतदाता नामावली दर्ता-संकलन कार्यक्रम सञ्चालन हुने गरी तीन दिन समय बढाउने निर्णय गरेको आयोगले जनाएको छ ।
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित