रियाद, २९ साउन । साउदी अरेबियाले यस पटकको हज यात्राका लागि विश्वभरबाट झन्डै २० लाख तीर्थयात्री आउने अपेक्षा गरिएको जनाएको छ ।
हजमा सहभागी हुनेमध्ये १७ लाख जना विदेशी मुस्लिम समुदायका नागरिक हुने अल हायात नामक स्थानीय एक पत्रिकाले आइतबार लेखेको छ । गत वर्ष हजका लागि १८ लाखभन्दा बढी तीर्थयात्री आएकोमा अधिकांश विदेशी थिए । हज मेलाका लागि काम गर्न हज मन्त्रालयले ९५ हजार कर्मचारी खटाएको छ ।
हजका बेला विगतका कतिपय वर्ष रोगको प्रकोप फैलिने गरेको भएपनि यस वर्ष भने कुनै प्रकोप फैलिन नदिनेगरी व्यवस्थापन गरिएको स्वास्थ्यमन्त्रीले बताउनुभएको छ ।
उहाँले विभिन्न उपाय अपनाउनेगरी तयारी भइरहेको र त्यसका लागि विश्व स्वास्थ्य सङ्गठन र अन्य अन्तरराष्ट्रिय संस्था तथा निकायसँग सहकार्य गर्न लागिएको पनि जानकारी दिनुभयो । मन्त्रालयले हज यात्रीका लागि लक्षित गरेर झन्डै ३३ लाख अमेरिकी डलरको औषधी तथा स्वास्थ्य सामग्री व्यवस्था गरिएको जनाएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल