बेनी (म्याग्दी), ३० साउन । म्याग्दी प्रवासी नेपाली सङ्घ मोना (अष्ट्रेलिया)ले राष्ट्रिय आविष्कार केन्द्रका लागि रु २० लाख सहयोग गरेको छ ।
नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने उद्देश्यले सहयोग जुटाउन अष्ट्रेलिया जानुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् अभियानकर्ता डा महवीर पुनको स्वागतमा अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा मोना (अष्ट्रेलिया)ले सो रकम सहयोग गरेको मोना (अष्ट्रेलिया)का अध्यक्ष हरि राम्जालीले जानकारी दिनुभयो ।
अष्ट्रेलियाको सिड्नीस्थित रकडेलको एभरेष्ट फङसन सेन्टरमा आयोजित कार्यक्रममा सिड्नीमा रहेका विभिन्न संस्थाको उपस्थित रहेको थियो । नेपालमा आविष्कार केन्द्रको आवश्यकताबारे अध्यक्ष एवम् अभियानकर्ता महावीर पुनले प्रस्ट पार्नुभएको थियो । सो कार्यक्रममा उपस्थित भएकाबाट मात्रै रु २० लाख रकम संकलन भएको अध्यक्ष राम्जालीले जानकारी दिनुभयो ।
मोना म्याग्दी, बेनी एफसी, जलजला परिवार र मगर समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा
यसैगरी, म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा रहेका छन् । २०६८ सालको जनगणनाअनुसार म्याग्दीको कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ रहेकामा ७७.८ प्रतिशत अर्थात् ८८ हजार ३९९ जना म्याग्दीवासी सूचना र सञ्चारको पहुँचमा रहेका नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ ।
कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा प्रिपेड मोबाइल सेवाका प्रयोगकर्ता ६९ हजार १८६ र स्काई फोनका १५ हजार २६३ जना रहेका छन् ।
यसैगरी, पोस्टपेड मोबाइल बोक्ने एक हजार ६७८, ल्याण्डलाइन टेलिफोनका ग्राहक एक हजार ३०६ र सिडिएमएका ५०९ जना ग्राहक रहेको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताउनुभयो । ल्याण्डलाइन टेलिफोन सेवातर्फ म्याग्दी सदरमुकाम बेनीबजारमा मात्रै एक हजार २२२ जना ग्राहक रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार धार्मिक क्षेत्र गलेश्वरमा ५१ र पर्यटकीय क्षेत्र घोरेपानीमा ३३ ग्राहकले ल्याण्डलाइन फोनको प्रयोग गर्दै आइरहेका छन् ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक