काठमाडौँ, २६ साउन । राजनीतिक महत्व बोकेको विमान अपहरणको घटनालाई समेटेर तयार पारिएको ‘प्रजातन्त्रका लागि अपहरण’ वृत्तचित्र सार्वजनिक भएको छ ।
पत्रकार जगत नेपालद्वारा निर्देशन गरिएको वृत्तचित्र आज नेपाल पर्यटन बोर्डमा प्रदर्शन गरिएको हो ।
विसं २०३० जेठ २८ मा विराटनगरबाट नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ बोकेर काठमाडौँ आउँदै गरेको तात्कालिन शाही नेपाल वायु सेवा निगमको विमान नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योजनामा अपहरण गरेर भारतको फारविसगञ्जको घाँसे मैदानमा पुरयाइएको थियो ।
अपहरणमा संलग्न कोइरालासँगै दुर्गा सुवेदी, वसन्त भट्टराई, नगेन्द्र ढुंगेल हुनुहुन्थ्यो ।
वृत्तचित्र प्रदर्शनका क्रममा पत्रकार नेपालले विमान अपहरण एशियाकै पहिलो अपहरण भएको बताउनुभयो । उहाँले वृत्तचित्र नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभूमिमा निर्माण भएको स्पष्ट पार्नुभयो ।
वृत्तचित्र हेरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक अभावमा पार्टी सञ्चालनका लागि काँग्रेसले विमान अपहरण गर्न बाध्य भएको बताउनुभयो । उहाँले यसलाई वृत्तचित्रमात्र नभई चलचित्रका रुपमा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
काँग्रेस नेता गगन थापाले प्रजातन्त्र प्राप्तिका लागि काँग्रेसले गरेको योगदानलाई वृत्तचित्रले समेटेको चर्चा गर्दै आम कार्यकर्तालाई यसबारे जानकारी दिनु जरुरी रहेको बताउनुभयो ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]