काठमाडौँ, २६ साउन । राजनीतिक महत्व बोकेको विमान अपहरणको घटनालाई समेटेर तयार पारिएको ‘प्रजातन्त्रका लागि अपहरण’ वृत्तचित्र सार्वजनिक भएको छ ।
पत्रकार जगत नेपालद्वारा निर्देशन गरिएको वृत्तचित्र आज नेपाल पर्यटन बोर्डमा प्रदर्शन गरिएको हो ।
विसं २०३० जेठ २८ मा विराटनगरबाट नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ बोकेर काठमाडौँ आउँदै गरेको तात्कालिन शाही नेपाल वायु सेवा निगमको विमान नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योजनामा अपहरण गरेर भारतको फारविसगञ्जको घाँसे मैदानमा पुरयाइएको थियो ।
अपहरणमा संलग्न कोइरालासँगै दुर्गा सुवेदी, वसन्त भट्टराई, नगेन्द्र ढुंगेल हुनुहुन्थ्यो ।
वृत्तचित्र प्रदर्शनका क्रममा पत्रकार नेपालले विमान अपहरण एशियाकै पहिलो अपहरण भएको बताउनुभयो । उहाँले वृत्तचित्र नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभूमिमा निर्माण भएको स्पष्ट पार्नुभयो ।
वृत्तचित्र हेरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक अभावमा पार्टी सञ्चालनका लागि काँग्रेसले विमान अपहरण गर्न बाध्य भएको बताउनुभयो । उहाँले यसलाई वृत्तचित्रमात्र नभई चलचित्रका रुपमा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
काँग्रेस नेता गगन थापाले प्रजातन्त्र प्राप्तिका लागि काँग्रेसले गरेको योगदानलाई वृत्तचित्रले समेटेको चर्चा गर्दै आम कार्यकर्तालाई यसबारे जानकारी दिनु जरुरी रहेको बताउनुभयो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक