
गृहमन्त्री जनार्दन शर्मा साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जान लागेका हजयात्रीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको झण्डा प्रदान गरेर विदाई गर्नुहुँदै । तस्बिर ः गृहमन्त्री शर्माको सचिवालय, रासस
काठमाडौँ, २६ साउन । गृहमन्त्री जनार्दन शर्माले साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जान लागेका हजयात्रीहरुलाई बिदाई गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज गृहमन्त्री शर्माले हजयात्रीलाई विदाई गर्नुभएको हो । गृहमन्त्री शर्माले हजयात्रीलाई नेपालको झण्डा प्रदान गर्दै यात्राको सफलताको कामना गर्नुभएको थियो ।
उहाँले यात्राको क्रममा नेपालको प्रचार प्रसार गर्न समेत आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
हजयात्राका लागि आज १३० जना मुसलमान समुदायका हजयात्री साउदी अरेबियातर्फ लागेका छन् ।
गृह मन्त्रालयको समन्वयमा यसबर्ष एक हजार २१० जना मक्का मदिनामा हज गर्न जाने केन्द्रिय हज समितिले जानकारी दिएको छ ।
ती मध्ये १० जना प्रतिनिधिमण्डलका सदस्यहरु रहनेछन् । हज समितिले बनाएको टुर प्याकेज अनुसार हजयात्री ४५ दिनपछि स्वदेश फर्कनेछन् ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक