
प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
चौतारा, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको मुहान रहेको सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानको इन्टेक र सुरुङको आज अवलोकन गर्नुभयो ।
स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी आयोजना सन् २००१ मा सुरु भएको र हालसम्म सम्पन्न हुन नसकेको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
आयोजनालाई आवश्यक पर्ने रकम दिन सरकार तयार रहेको उल्लेख गर्दै उहाँले जतिसक्दो चाँडो काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।
आयोजनास्थलमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले आयोजनाको प्रगति तथा वस्तुस्थिति अवगत गराउनुभएको थियो ।
निरीक्षणका क्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव र सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ का सांसद शेरबहादुर तमाङको समेत उपस्थिति रहेको थियो ।
इटालियन ठेकेदार कम्पनी सिएमसीले नेपाली सहायक ठेकेदारलाई दिनुपर्ने रकम भुक्तानी नदिएको भन्दै साइट कार्यालयमा शुक्रबारदेखि तालाबन्दी गरी कामकाज ठप्प पारिएको आयोजनाले बताएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता