
नागरिक अस्पताल गट्ठाघरमा उपचारमा रहनुभएका नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस
भक्तपुर, २५ साउन । मूत्रथैलीको शल्यक्रिया गरी विगत छ दिनदेखि अस्पतालमा रहनुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई आज घर फर्किनुभएको छ ।
डा भट्टराईको भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा गत शुक्रबार मूत्रथैलीको शल्यक्रिया गरिएको थियो । उहाँको उपचारमा रु ८५ हजार खर्च भएको अस्पताल प्रशासनले जनाएको छ ।
आज अस्पतालबाट घर फर्किनेक्रममा डा भट्टराईले स्वदेशमै पनि स्तरीय स्वास्थ्य सेवा लिन सकिने भन्दै उपचारका नाममा विदेश धाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
यसैगरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खीलराज रेग्मीले आज भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।
भट्टराईलाई भेट्न अध्यक्ष ओली अस्पतालमा
काठमाडौँ, २५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
डा भट्टराईको स्वास्थ्यअवस्थाबारे बुझ्न आज दिउँसो ओली भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पताल पुग्नुभएको ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिनुभयो ।
भेटका क्रममा ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईको स्वास्थ्यलाभको कामना गर्नु भएको थियो । भेटमा डा भट्टराई पत्नी एवं नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमी, पूर्वउद्योगमन्त्री महेश बस्नेत सहभागी हुनुहुन्थ्यो ।
मुत्रनलीमा समस्या भएपछि भट्टराई ६ दिन अघि अस्पतालमा भर्ना हुनु भएको थियो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक