निर्वाचनबारे राजपा अनिर्णित

काठमाडौँ, २१ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी जनाउने वा नजनाउनेबारे निर्णय गर्न सकेन ।

पार्टीको चार दिनसम्म चलेको बैठकमा त्यसउपर निर्णय नभएपछि आइतबार हुने केन्द्रीय समितिको बैठकबाट टुङ्गो लगाइने भएको हो । केहीबेरअघि सम्पन्न बैठकबारे जानकारी दिँदै सो पार्टीका नेता केशव झाले बैठकमा निर्वाचन, पार्टीको विधान, राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भएको जानकारी दिनुभयो ।

बैठकमा छ जना अध्यक्ष मण्डलका सदस्यसहित ९७ नेताले धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री