काठमाडौँ, १९ साउन । पूर्वनेपाल प्रहरी परिवार मञ्च बेलायतले स्थानीय तहको निर्वाचनका क्रममा निर्वाचन स्थलतर्फ आइरहेको बमलाई हातले समातेर फ्याँक्ने प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर रानालाई सम्मान गरेको छ ।
मञ्चले प्रहरी प्रधान कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी उहाँलाई नगद रु ५१ हजार तथा प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो । मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक शिवजी श्रेष्ठले उहाँलाई सम्मान गर्नुभएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रवासको बसाइँको बाबजुद पनि नेपाल प्रहरी संगठन र यसमा आबद्ध कर्मचारीप्रतिको भावनात्मक सानिध्यताका लागि आफ्नो स्थानबाट दिएको योगदान सराहनीय रहेको बताउनुभयो ।
उहाँले प्रहरी सहायक निरीक्षक रानाको अदम्य साहसले नेपाल प्रहरीका सदस्यको वीरता र कर्तव्यपरायणतालाई पुनः एकपटक इतिहासमा कहिल्यै नमेटिने गरी अंकित गरेको छ उहाँले भन्नुभयो ।
मञ्चका सल्लाहकार श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानाले आफ्नो बहादुरी प्रदर्शन गरी ठूलो जनधनको क्षति हुनबाट जोगाइ प्रहरी कर्मचारीको मात्र नभई पूर्वप्रहरी कर्मचारीलाई समेत गौरवान्वित बनाएको बताउँदै आगामी दिनमा पनि प्रहरी संगठनको हित उन्नतिका लागि मञ्चले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनका क्रममा दाङको तुल्सीपुर उपमहानगरपालिका–३ स्थित श्री प्रतापपुर अम्बास आवासीय विद्यालयस्थित मतदान केन्द्रमा खटिएका रानाले अज्ञात व्यक्तिले प्रहार गरेको बम तत्कालै टिपेर फाल्दा केही पर खोल्सामा पुगेर बिष्फोट भई निष्क्रिय भएको थियो ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो