काठमाडौँ, १९ साउन । पूर्वनेपाल प्रहरी परिवार मञ्च बेलायतले स्थानीय तहको निर्वाचनका क्रममा निर्वाचन स्थलतर्फ आइरहेको बमलाई हातले समातेर फ्याँक्ने प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर रानालाई सम्मान गरेको छ ।
मञ्चले प्रहरी प्रधान कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी उहाँलाई नगद रु ५१ हजार तथा प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो । मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक शिवजी श्रेष्ठले उहाँलाई सम्मान गर्नुभएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रवासको बसाइँको बाबजुद पनि नेपाल प्रहरी संगठन र यसमा आबद्ध कर्मचारीप्रतिको भावनात्मक सानिध्यताका लागि आफ्नो स्थानबाट दिएको योगदान सराहनीय रहेको बताउनुभयो ।
उहाँले प्रहरी सहायक निरीक्षक रानाको अदम्य साहसले नेपाल प्रहरीका सदस्यको वीरता र कर्तव्यपरायणतालाई पुनः एकपटक इतिहासमा कहिल्यै नमेटिने गरी अंकित गरेको छ उहाँले भन्नुभयो ।
मञ्चका सल्लाहकार श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानाले आफ्नो बहादुरी प्रदर्शन गरी ठूलो जनधनको क्षति हुनबाट जोगाइ प्रहरी कर्मचारीको मात्र नभई पूर्वप्रहरी कर्मचारीलाई समेत गौरवान्वित बनाएको बताउँदै आगामी दिनमा पनि प्रहरी संगठनको हित उन्नतिका लागि मञ्चले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनका क्रममा दाङको तुल्सीपुर उपमहानगरपालिका–३ स्थित श्री प्रतापपुर अम्बास आवासीय विद्यालयस्थित मतदान केन्द्रमा खटिएका रानाले अज्ञात व्यक्तिले प्रहार गरेको बम तत्कालै टिपेर फाल्दा केही पर खोल्सामा पुगेर बिष्फोट भई निष्क्रिय भएको थियो ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग