चितवन, १९ साउन । नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो । साँझ ७ः३५ बजे कालीखोला नजिकै तीनकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
सो ठाउँमा काठमाडौँबाट इलाम जान आउँदै गरेको ना६ख ७१२१ नंको यात्रुबाहक बस र बा१५च ९३८१ नंको स्करपियो पहिरोले पुरिएका थिए । बस त्रिशूलीमा खसेर बेपत्ता छ भने स्करपियो पहिरोमा पुरिएको छ । पहिरो खसेको देखेपछि चालकले गाडी रोकेर चालक र यात्रु भागेर बाँच्न सफल भएका थिए । घटनास्थल मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ कालीखोला नजिकै पर्छ ।
त्यसैगरी उक्त सडकखण्डको चेपाङडाँडामा गएराति रोकिराखेका दुई ट्रक माथिबाट झरेको लेदोले पुरिएका छन् । ट्रक चालक भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दुईकिलो, तीनकिलो, सेतीदोभान, घुमाउनेलगायतका १० भन्दा बढी ठाउँमा ठूला पहिरा खसेका छन् । अन्य ठाउँमा पनि सानातिना पहिरो खसेको भए पनि यकिन तथ्यांक भने आउन नसकेको उहाँले बताउनुभयो ।
पानी परिरहेकाले पहिरो खस्ने क्रम जारी रहेको छ । जसका कारण पहिरो पन्छाउनसमेत कठिन भएको खनालले बताउनुभयो ।
पहिरो पन्छाउन लोडर र एक्साभेटर गरी पाँचवटा साधन परिचालन गरिएको छ । ठाउँठाउँमा पहिरो खसेकाले बीचबीचमा सवारीसाधन अलपत्र परेका छन् । बुधबार साँझबाट पहिरो खसेर सडक रोकिएपछि यात्रु अलपत्र परेका छन् ।
स्तरोन्नति भइरहेको सो सडकमा वर्षा लागेसँगै पहिरो खसेपछि सरकारको समेत ध्यानाकृष्ट भएको छ । हिजोमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सडकखण्डको अवलोकन गर्दै निर्माण कार्य छिटो सक्न निर्देशन दिनुभएको थियो ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल