काठमाडौँ, १९ साउन । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ ।
केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा वाग्ले यसअघि दुई पटक आयोगको सदस्य हुनुभएको थियो ।
बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दिनुभएको जानकारीअनुसार नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा हुनुभएको छ ।
बढुवा हुुनुभएकामा प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई हुनुहुन्छ ।
बैठकले अमेरिकी सरकारी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’बाट सडक यातायात र विद्युत् प्रशारणसम्बन्धी कार्यका लागि प्राप्त हुने रु ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
मन्त्री बस्नेतले सो रकमबाट पाँच वर्षभित्र त्यस क्षेत्रमा सुधारको काम सम्पन्न गर्नुपर्ने बताउनु भयो ।
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने