लन्डन । एनआरएनए यूकेले प्राप्त सदस्यता (अनलाइन र पेपर) फाराम रुजु प्रक्रिया शुरु गरेको छ । अल्डरसटस्थित एम्पायर हल छेउ कार्यालय नै खोलेर सदस्यता रुजु गर्ने काम थालिएको एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले जानकारी दिए ।
संघले सदस्यता लिने समयसीमा अगष्ट १४ सम्ममात्र रहेकाले इच्छुक सदस्यहरु र उम्मेदवारका आंकाक्षीहरुलाई बेलैमा सदस्यता नवीकरण गर्न वा नयां लिन आग्रह गरेको छ ।
अनलाइन https://uk.nrna.org/Membership-Registration मा गएर वा पेपर फाराम भरेर सदस्यता लिन सकिन्छ । अब कार्यालयमै गएर सदस्यता फाराम बुझाउन सकिने समेत अध्यक्ष गुरुङले जनाए । उनका अनुसार अनलाइनमार्फत हालसम्म ४०८ जनाले मात्र सदस्यता लिएका छन् भने पेपर फाराम दुई दर्जन पनि आइपुगेको छैन् ।
यसपटक सदस्यता शुल्क २५ पाउण्ड तोकिएकाले अधिवेशनसम्म कुल संख्या दुई हजार हाराहारी हुने अनुमान अध्यक्ष गुरुङको छ ।
एनआरएनए यूकेको अधिवेशन आगामी सेप्टेम्बर ९ मा अल्डरसटमा हुने तय भएको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ