लन्डन । एनआरएनए यूकेले प्राप्त सदस्यता (अनलाइन र पेपर) फाराम रुजु प्रक्रिया शुरु गरेको छ । अल्डरसटस्थित एम्पायर हल छेउ कार्यालय नै खोलेर सदस्यता रुजु गर्ने काम थालिएको एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले जानकारी दिए ।
संघले सदस्यता लिने समयसीमा अगष्ट १४ सम्ममात्र रहेकाले इच्छुक सदस्यहरु र उम्मेदवारका आंकाक्षीहरुलाई बेलैमा सदस्यता नवीकरण गर्न वा नयां लिन आग्रह गरेको छ ।
अनलाइन https://uk.nrna.org/Membership-Registration मा गएर वा पेपर फाराम भरेर सदस्यता लिन सकिन्छ । अब कार्यालयमै गएर सदस्यता फाराम बुझाउन सकिने समेत अध्यक्ष गुरुङले जनाए । उनका अनुसार अनलाइनमार्फत हालसम्म ४०८ जनाले मात्र सदस्यता लिएका छन् भने पेपर फाराम दुई दर्जन पनि आइपुगेको छैन् ।
यसपटक सदस्यता शुल्क २५ पाउण्ड तोकिएकाले अधिवेशनसम्म कुल संख्या दुई हजार हाराहारी हुने अनुमान अध्यक्ष गुरुङको छ ।
एनआरएनए यूकेको अधिवेशन आगामी सेप्टेम्बर ९ मा अल्डरसटमा हुने तय भएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार