
शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अस्वस्थ भई उपचार गराइरहनु भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः रोशन सापकोटा, रासस
काठमाडौँ, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री देउवाले महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओप्लास्टिक सर्जरी गरी उपचार गराइरहनुभएका जोशीको स्वास्थ्य अवस्थाबारे आज अस्पताल पुगेर जानकारी लिनुभएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका जोशीलाई मुटुमा समस्या आएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । एन्जिओप्लास्टिक सफल सर्जरीपछि जोशीको स्वास्थ्य अवस्था सुघारोन्मुख हुँदै गएको उहाँका स्वकीय सचिव पुस्करराज पाण्डेले जानकारी दिनुभयो ।
जोशीलाई अझै केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिएको पाण्डेले बताउनुभयो ।
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपालका शिक्षामन्त्रीसँग बेलायतका राजदूतको भेट, आपसी सहयोगबारे छलफल
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष