जोशीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पताल पुगे

शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अस्वस्थ भई उपचार गराइरहनु भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः रोशन सापकोटा, रासस

काठमाडौँ, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री देउवाले महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओप्लास्टिक सर्जरी गरी उपचार गराइरहनुभएका जोशीको स्वास्थ्य अवस्थाबारे आज अस्पताल पुगेर जानकारी लिनुभएको हो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका जोशीलाई मुटुमा समस्या आएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । एन्जिओप्लास्टिक सफल सर्जरीपछि जोशीको स्वास्थ्य अवस्था सुघारोन्मुख हुँदै गएको उहाँका स्वकीय सचिव पुस्करराज पाण्डेले जानकारी दिनुभयो ।

जोशीलाई अझै केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिएको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री