काठमाडौँ, १५ साउन । दलका शीर्षनेताले जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्नेमा जोड दिनुभएको छ ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले आज प्रमुख दलसँग गरेको छलफलमा नेताहरुले यस्तो सुझाव दिनुभएको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले २४० निर्वाचन क्षेत्र निर्धारण गर्दा जुन सिद्धान्तलाई आधार बनाइएको हो, १६५ निर्वाचन क्षेत्र निर्धारण गर्दा पनि सोही सिद्धान्तलाई आधार बनाइनुपर्ने बताउनुभयो ।
‘यसरी क्षेत्र निर्धारण गर्दा तराई केन्द्रित दललाई पनि स्वीकार्य हुन्छ, आजको छलफलमा पनि राष्ट्रिय जनता पार्टीका नेताले २४० निर्वाचन क्षेत्र निर्धारण गर्दाका सिद्धान्त मान्य हुने बताउनुभएको छ’, उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता झलनाथ खनालले संसारभर निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसङ्ख्या र भूगोललाई आधार मानिएकाले नेपालमा पनि यही सिद्धान्तलाई आधार बनाइनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका नेता डा रामशरण महतले जनसङ्ख्यालाई पहिलो र भूगोललाई दोस्रो प्राथमिकतामा राखिनुपर्ने संविधानमै उल्लेख भएको बताउनुभयो । ‘२४० निर्वाचन क्षेत्रलाई १६५ मा ल्याउनुपर्ने भएकाले त्यही अनुपातमा जनसङ्ख्या र भूगोलका आधारमा क्षेत्र निर्धारण गरिनुपर्छ’, उहाँले भन्नुभयो ।
राष्ट्रिय जनता पार्टीका सहअध्यक्ष राजेन्द्र महतोले मुख्य रुपमा जनसङ्ख्यालाई आधार बनाउनुपर्ने संवैधानिक व्यवस्थालाई आधार बनाइनुपर्ने बताउनुभयो ।
‘यसअघि २४० निर्वाचन क्षेत्रमा मधेशले ११६ क्षेत्र पाएको थियो, अब विसं २०६८ को जनसङ्ख्यालाई पनि आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने सुझाव मैले दिएको छु’, उहाँले भन्नुभयो ।
लोकतन्त्रमा सबैको संवाहक राजनीतिक दल भएकाले सुझाव लिन छलफल आयोजना गरिएको आयोगले जनाएको छ । छलफलमा काँग्रेस, एमाले, माओवादी केन्द्र, तराई केन्द्रित दल, नेपाल मजदुर किसान पार्टीलगायत दललाई सहभागी गराइएको आयोगका प्रवक्ता गणेशराज कार्कीले जानकारी दिनुभयो ।
दलका नेतासँग छलफल गरेपछि आयोगका अध्यक्ष कमलनारायण दास तथा सदस्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी अहिलेसम्म भएका प्रगतिका विषयमा जानकारी गराउनुभयो । ‘क्षेत्र निर्धारणका लागि आवश्यक सूचना संकलन गरी धेरै जनसङ्ख्या भएका सहरमा आयोगले पदाधिकारी खटाइएको प्रधानमन्त्री देउवालाई जानकारी गराइयो’, उहाँले भन्नुभयो ।
आयोगका पदाधिकारीसँगको छलफलपछि प्रधानमन्त्री देउवाले आयोगलाई आवश्यक पर्ने स्रोतसाधन जुटाउन सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल