काठमाडाँै, १५ साउन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ को मतगणना विवादमा पुनः मतदान गर्न आदेश दिएको छ ।
न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज भरतपुर–१९ मा पुनः मतदान गर्ने आदेश दिएको हो ।
सर्वोच्चको निर्णयपछि निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ वडामा फेरी मतदानको मिति तोक्नेछ ।
भरतपुरमा ९० वटा मतपत्र च्यातिएको भन्दै वडा नम्बर १९ मा फेरी मतदानको मिति घोषणा गर्न निर्वाचन आयोगले गत जेठमा मुख्य निर्वाचन अधिकृतलाई आदेश दिएको थियो । सर्वोच्चले ‘यथास्थितीमा राख्नु’ भन्ने अन्तरिम आदेश आदेश दिएकाले निर्वाचन आयोगको निर्णय रोकिएको थियो ।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो