
मुलुकको राष्ट्रिय खेलका रुपमा भलिबल समावेश गरेकामा नेपाल भलिबल संघले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आइतबार काठमाडौँमा सम्मान गर्दै । तस्बिर ः सौजन्य–अध्यक्ष दाहालको सचिवालय, रासस
काठमाडौँ, १५ साउन । मुलुकको राष्ट्रिय खेलका रुपमा भलिबल समावेश गरेकामा नेपाल भलिबल संघले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्मान गरेको छ ।
नेपालको आफ्नै राष्ट्रिय खेल नभएका सन्दर्भमा अध्यक्ष दाहाल नेतृत्वको सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको थियो । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज आयोजित कार्यक्रममा संघका पदाधिकारीले उहाँलाई सम्मान गरेका हुन् । संघका अध्यक्ष मनोरञ्जन शर्मा, उपाध्यक्ष निरोसी मास्के, महासचिव जीतेन्द्रबहादुर चन्दलगायत पदाधिकारीले अध्यक्ष दाहालको प्रधानमन्त्रित्वकाल भलिबल खेलका लागि स्वर्णिम भएको बताउँदै यसले नेपालको भलिबल खेलमा गुणात्मक प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा अध्यक्ष दाहालले नेपालको माटो र हावापानी सुहाउँदो एवं लोकप्रिय खेल भएकाले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिइएको बताउँदै त्यतिले मात्र राज्यको जिम्मेवारी पूरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको राष्ट्रिय खेलले अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रभाव राख्न सकेन । त्यसको विकल्प के हुन सक्ला भन्ने विचार गरेर नै हामीले भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेका हौंँ ।’
भलिबललाई राष्ट्रिय खेलका रुपमा स्थापित गर्न राज्यले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता, खेलाडीको विकास र पूर्वाधार निर्माणमा विशेष ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।
भेटमा संघका पदाधिकारील अध्यक्ष दाहाललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा पूर्वखेलकुदमन्त्री दलजीत श्रीपाइलीले भलिबल खेलको विकासका लागि आफ्नो कार्यकालमा गरिएका कामले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा