नुवाकोट, १५ साउन । भूकम्पले क्षति पुरयाएपछि अन्योल रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण गर्न ठेकेदार पक्ष चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी काममा फर्किएको छ ।
आयोजनाको बांध क्षेत्र नुवाकोटको मनकामनास्थित फालेटारमा ठेकेदार कम्पनीले विज्ञसहितको प्रारम्भिक जांच र अध्ययनको काम शुरु गरेको छ । कम्पनीले क्षतिको जांच एवं परीक्षणको काम जलविद्युत् आयोजनामा अत्यन्त संवेदनशील क्षेत्र मानिने बाँधस्थलबाट काम शुरु गरेको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिनुभयो ।
ठेकेदार कम्पनी सिजिजिसीले डि–सेन्डरको पानी हटाएर त्यसको परीक्षण गरी पुनःनिर्माण शुरु गरेको हो । आयोजनाको निर्माण क्षेत्रमा अहिले ८० नेपाली र २० जना चिनिया मजदुर कार्यरत छन् ।
सन् २०११ को जुनबाट काम शुरु गरिएको ६० मेगावाट क्षमताको आयोजना २०१४ को मे ३१ मा काम सम्पन्न गर्नुपर्ने भए पनि क्षमता वृद्धि तथा निर्माणमा स्थानीयवासीको अवरोधको कारण देखाएर तोकिएको समयमा पूरा हुन ढिलाइ भएको थियो ।
पहिलोपटक २६ महिना म्याद थप गरी सन् २०१६ जुन ३० मा काम सक्ने जिम्मेवारी पाएको कम्पनीले २०१६ जुन ३० अर्थात् २०७३ जेठ १६ मा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि भूकम्पका कारण ठेकेदार कम्पनी काममा फर्कन ढिलाइ गर्दा आयोजना थप प्रभावित बन्न पुगेको थियो ।
आयोजनाको निर्माण चिनिया कम्पनीले आठ करोड ९१ लाख अमेरिकी डलरमा जिम्मा पाएको छ । वित्तीय व्यवस्थापनका लागि ऋणदाता चिनिया एक्जिम बैंकसंगको ऋण सम्झौता सन् २०१६ मे १८ बाट पूरा भएकाले समयमा नवीकरण नहुँदा वित्तीय व्यवस्थापनको अन्योल कायमै छ ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग