काठमाडौँ, १३ साउन । नयाँ शक्ति पार्टी नेपालले केन्द्रीय कार्यकारी समिति विघटन गर्दै डा बाबुराम भट्टराईको संयोजकत्वमा प्रथम महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
सो पार्टीको केन्द्रीय कार्यसमिति र संघीय परिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक डा भट्टराईले आगामी प्रादेशिक र संघीय निर्वाचनपछि उपयुक्त समयमा महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
बढीमा १५१ सदस्यीय महाधिवेशन आयोजक समितिमा रहने सदस्यको टुंगो लगाउने जिम्मा बैठकले संयोजक भट्टराईलाई दिएको छ । बैठकले राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका विभिन्न १२ समसामयिक प्रस्ताव पारित गरेको छ ।
पारित प्रस्तावमा चीन र भारतबीच भुटानको उत्तरी क्षेत्र दोक्लममा देखिएको विवादप्रति चिन्ता व्यक्त गर्दै भुटानको सार्वभौमसत्ताको सम्मान गर्न र शान्तिपूर्ण तवरले समस्याको समाधान गर्न दुवै देशलाई आह्वान गरेको छ ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद् अनिवार्य भएको ठहर गर्दै यी मुद्दाको पक्षमा रहेका शक्ति र दलहरुबीच बृहत्तर कार्यगत एकता कायम गरी राष्ट्रिय जनआन्दोलन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।
एनसेल लाभकरण प्रकरण, कर फछ्र्योट आयोगका निर्णयलगायतका विरुद्ध भ्रष्टचार विरोधी नागरिक सचेतना आन्दोलनका लागि बैठकले आह्वान गरेको छ ।
फोरमसँग एकता अन्त्य
पत्रकार सम्मेलनमा डा भट्टराईले सिद्धान्त, पार्टीको नाम, संगठन संरचनालगायतका विषयमा कुरा नमिल्दा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया अहिलेलाई अन्त्य भएको बताउनुभयो ।
उहाँले नेकपा (माओवादी केन्द्र)सँग पनि एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो । एकताबारेको प्रश्नमा उहाँले भन्नुभयो– प्रचण्डजीले एकताको विषयमा के भन्नुभयो थाहा भएन, उहाँले एकताको सपना देख्नुभएको हुनसक्छ, त्यो सम्भव छैन ।
डा भट्टराईले प्रादेशिक र संघीय निर्वाचन एउटै मितिमा गर्ने सरकारको प्रस्ताव उपयुक्त रहेको बताउनुभयो ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]