लन्डन । गायक प्रमोदराज न्यौपानेको एल्बम मेरो घरको छानो भित्रको ‘रहेसम्म तिमिसंग’ बोलको एउटा रोमान्टिक पप गीतको भिडिओ सार्वजनिक भएको छ । लन्डन, नजिकैको समुद्री किनार र कन्ट्री साइडमा छायांकन गरिएको उक्त भिडियोमा रोशना कार्की र टंक धमलाको रोमान्स देख्न सकिनेछ । रोशनासंग नेपालमा मोडलिङ गरेको केही अनुभव छ भने टंक रेडियो प्रस्तोता थिए । लन्डनमा चाहिं टंक विगत एकवर्षदेखि अभिनय सिकिरहेका छन् । बेलायतकी ब्युटिसियन बिना राई र दिपिका श्रेष्ठको मेक अप र काजल काजलको ड्रेस डिजाइन छ ।
शब्द रचना युरान र संगीत सागर किनारको रहेको उक्त गीतको भिडिओ निर्देशन कान्तिपुर टिभीका बेलायत सम्बाददाता तथा बेलायतमा चर्चित भिडिओ निर्देशक कुशल श्रेष्ठले गरेका छन् । छायांकन तथा सम्पादन समेत कुशलको छ ।
नेपाल छंदा झन्डै ८ वर्ष रेडियो प्रस्तोताको रुपमा काम गरेका गायक प्रमोदराज पछिल्लो समयमा बेलायतमा सञ्चार क्षेत्रमा समेत सक्रिय छन् । केहि समय अघि उनले भाइब्स क्रिएसन मार्फत निकालेको एल्बम ‘मेरो घरको छानो’ को विमोचन काठमाडौं र लन्डन दुवै ठाउंमा गरिएको थियो जसको शिर्ष गीतको भिडिओ निर्देशन कान्तिपुर टिभीका भुषण दाहालले गरेका थिए ।
भिडियो:
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]