लन्डन । गायक प्रमोदराज न्यौपानेको एल्बम मेरो घरको छानो भित्रको ‘रहेसम्म तिमिसंग’ बोलको एउटा रोमान्टिक पप गीतको भिडिओ सार्वजनिक भएको छ । लन्डन, नजिकैको समुद्री किनार र कन्ट्री साइडमा छायांकन गरिएको उक्त भिडियोमा रोशना कार्की र टंक धमलाको रोमान्स देख्न सकिनेछ । रोशनासंग नेपालमा मोडलिङ गरेको केही अनुभव छ भने टंक रेडियो प्रस्तोता थिए । लन्डनमा चाहिं टंक विगत एकवर्षदेखि अभिनय सिकिरहेका छन् । बेलायतकी ब्युटिसियन बिना राई र दिपिका श्रेष्ठको मेक अप र काजल काजलको ड्रेस डिजाइन छ ।
शब्द रचना युरान र संगीत सागर किनारको रहेको उक्त गीतको भिडिओ निर्देशन कान्तिपुर टिभीका बेलायत सम्बाददाता तथा बेलायतमा चर्चित भिडिओ निर्देशक कुशल श्रेष्ठले गरेका छन् । छायांकन तथा सम्पादन समेत कुशलको छ ।
नेपाल छंदा झन्डै ८ वर्ष रेडियो प्रस्तोताको रुपमा काम गरेका गायक प्रमोदराज पछिल्लो समयमा बेलायतमा सञ्चार क्षेत्रमा समेत सक्रिय छन् । केहि समय अघि उनले भाइब्स क्रिएसन मार्फत निकालेको एल्बम ‘मेरो घरको छानो’ को विमोचन काठमाडौं र लन्डन दुवै ठाउंमा गरिएको थियो जसको शिर्ष गीतको भिडिओ निर्देशन कान्तिपुर टिभीका भुषण दाहालले गरेका थिए ।
भिडियो:
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार