
नवनियुक्त रक्षामन्त्री भीमसेनदास प्रधान सिंहदरबारस्थित रक्षामन्त्रालयमा। तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १३ साउन । रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली सेनाको सक्षम जनशक्ति, चेनअफ कमाण्डर छोटो समयमा गुणस्तरीय पूर्वाधार निर्माणको अनुभवले द्रुत मार्गले तोकिएको समयावधिभित्रै पूर्णता पाउने बताउनुभएको छ ।
यहाँ आज आयोजित साक्षात्कारमा उहाँले सेनालाई विकास निर्माणको थप जिम्मेवारी दिन कार्यक्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउँदै मुलुकका विकट क्षेत्रका सडक निर्माणमा सेनाले गर्दै आएको कार्य मूल्यांकनका आधारमा राजधानीसँग तराई–मधेसलाई जोड्ने छोटो दूरीको द्रुत मार्ग निर्माणको जिम्मेवारी दिइएको स्पष्ट गर्नुभयो ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन सेना खटाइने गरेको इतिहासको स्मरण गराउँदै रक्षामन्त्री प्रधानले दुई चरणको स्थानीय तहको निर्वाचनपछि चुनाव भाँड्छौँ, हुन दिन्नाँै भन्ने पक्षले चुनावमा भाग नलिँदा कति क्षति हुँदोरहेछ भन्ने बुझिसकेको हुनुपर्छ भन्नुभयो ।
रक्षामन्त्री प्रधानले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेसँगै नेपाली सेनाको संरचना त्यसअनुरुपको बनाउने सन्दर्भमा सात प्रदेशमा सात र काठमाडौँ उपत्यकामा एक पृतना स्थापना गर्ने कार्य अघि बढिसकेको जानकारी दिनुभयो ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते