लन्डन । युरोपमै नेपालीको सबैभन्दा पुरानो संस्था यती नेपाली एसोसिएसन यूकेकी अध्यक्ष पिपला देवानले आफ्नो कार्यव्यस्तता र अस्वस्थ भएको कारण दर्शाउंदै पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । बिहीबार माया पब साउथ हयारोमा बसेको कार्यसमिति तथा सल्लाहकारहरुको बैठकले राजिनामा सहर्ष स्वीकृत गरेको हो ।
बैठकले देवानले राजिनामासंगै कार्यसमितिका केही पदाधिकारी र सल्लाहकारहरुमाथि लगाएका आक्षेपहरु कपोलकल्पित, निराधार र झुठो भन्दै त्यसको खण्डन समेत गरेको छ ।
बैठकले विधान बमोजिम वरिष्ठ उपाध्यक्ष शशीधर नेपाललाई कार्यवहाक अध्यक्ष चुनेको छ ।
बैठकले आगामी सेप्टेम्बर पहिलो वा दोश्रो साता यती कप गर्ने निर्णय गरेको छ । यती कपको संयोजन जिम्मा लव शर्मा लामिछानेलाई दिइएको छ ।
बैठकले बडा दशैं शुभकामना कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । दशैं कार्यक्रमको मिति र स्थान पछि तोक्ने बताइएको छ ।
बैठकले संस्थाको वार्षिक साधारणसभा सेप्टेम्बर ०१७ मा गर्ने निर्णय गरेको छ । बैठकले यती नेपाली एसोसिएसनको बैंक खाता खोल्न कार्यवहाक अध्यक्ष शशीधर नेपाल, महासचिव बाचस्पति रेग्मी र कोषाध्यक्ष जीवन सेनलाई अधिकार प्रत्यायोजन गरेको छ ।
बैठकमा कोषाध्यक्ष जीवन सेनले प्रस्तुत गरेको आर्थिक विवरण बैठकले अनुमोदन गरियो ।
शशीधर नेपालले अध्यक्षता गरेको उक्त बैठकमा उपाध्यक्ष ठाकुर शर्मा, महासचिव बाचस्पति रेग्मी, कोषाध्यक्ष जीवन सेन, मिडिया संयोजक एभरेष्ट गौतम, सल्लाहकारहरु उमेशराज मोक्तान, सोलिसिटर राजु थापा, आरती श्रेष्ठ, ध्रुव केसी, हरि केसी, विजय थापा, ज्ञाम गुरुङ, सुवसिं गुरुङ, डा. मिन रानाभाट, लव शर्मा, मनोज अन्जान, सुरेन्द्र श्रेष्ठ, सबि लामा, मिन दर्लामी, शान्ति थापा कुंवर, शंकर दाहाल, अनिल लामिछाने र विष्णु वाग्ले सहभागी थिए ।
कार्यवहाक अध्यक्षको जिम्मेवारी ग्रहणसंगै नेपालले ऐतिहासिक गौरव बोकेको यती संस्थाको साख बढ्ने गरि आगामी दिनमा काम गर्ने वाचा गरे । उनले आफूलाई महत्वपूर्ण जिम्मेवारी सुम्पेकामा सबैप्रति आभार समेत व्यक्त गरेका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]