लन्डन । गल्कोट समाज यूकेको प्रथम वार्षिकोत्सव एक भव्य समारोहबीच करिब ८ हजार पाउण्डको आपतकालीन राहत कोष बनाउंदै सम्पन्न भएको छ । कार्यक्रम गत २४ जुलाईका दिन बेलायतको वेस्ट ब्रोमिचस्थित ‘द कन्फेरेन्स सुइट’ मा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल भित्रको सानो नेपाल भनेर चिनिने बाग्लुङ जिल्लाको मध्य भागमा अवस्थित साबिकको १६ गाविसको क्षेत्र गल्कोट (ऐतिहासिक गल्कोट राज्य) तथा हालको नयां संरचना अनुसार गल्कोट नगरपालिका र ताराखोला गाउपालिकादेखि संयुक्त अधिराज्य बेलायतमा आई विभिन्न पेशामा संलग्न रहेका गल्कोटेहरु सहभागी थिए ।
आफ्नो जन्म भूमिको विकास र समृद्धि तथा बेलायतमा एकापसमा एकता र भातृत्व विकास गर्ने मुख्य उद्देश्यले गत वर्ष जुलाई २६, २०१६ तारिखका दिन संस्था गठन भएको थियो ।
पहिलो चरणमा औपचारिक र दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम गरिएको थियो । नेपाली दूतावास लन्डनका तृतीय सचिव भुपेन्द्र घिमिरे प्रमुख अतिथी रहेको उक्त कार्यक्रमको पहिलो चरण गल्कोट समाज यूकेका अध्यक्ष रेशम बहादुर बुढाथोकीको अध्यक्षतामा सचिव पुष्प उप्रेतीले सञ्चालन गरेका थिए ।
कार्यक्रम उद्घाटन नेपाली राष्ट्रिय धुन पश्चात गल्कोट नगरपालिका ५ का वडा अध्यक्ष नारायणध्वज मल्ल र गल्कोट समाज यूकेका अध्यक्ष रेशम बुढाथोकीले संयुक्त रुपमा पानसमा दियो प्रज्वलन गरि गरेका थिए । कार्यक्रममा गल्कोट समाज यूकेले आफ्नो स्थापनाको एक वर्षमा गुमाएका समाजका सक्रिय युवा सदस्यहरु निशान भण्डारी र रेणु सापकोटा गैरेको स्मृतिमा एक मिनेट मौन धारण गरि उनीहरु प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरियो ।
कार्यक्रममा उपाध्यक्ष गंगा गौतमले स्वागत मन्तब्य दिए भने स्कटल्याण्ड (एडिनबरा) निवासी कलाकार रुबिका बस्नेतले ‘मलाइ चौबन्दी चोलीले राम्रो देखियो’ बोलको गीतमा नृत्य तथा गल्कोट समाज यूकेद्वारा आमन्त्रित नौमती बाजा टोलीले नहरा बजाई स्वागत गरिएको थियो । कार्यक्रममा पर्यटकीय सम्भावना बोकेका गल्कोटका विभिन्न ठाउंका तस्विरहरु, सांस्कृतिक तथा प्राकृतिक श्रोतहरु र गल्कोट समाज यूकेले आफ्नो स्थापनाकाल देखि हालसम्म गरेका सामाजिक कार्य प्रोजेक्टरमा देखाइएको थियो ।
मन्तब्यका क्रममा प्रमुख अतिथि दूतावासका तृतीय सचिव भुपेन्द्र घिमिरेले समाजले शुरु गर्न लागेको आपतकालिन राहत कोषले सामाजिक कार्यमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । त्यसैगरि अतिथिहरु शान्ति नेपाली समाजका अध्यक्ष कृष्ण ढकाल, हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्डका अध्यक्ष कृष्ण प्रसाद शर्मा, मनकामना महिला समूह बर्मिङहमकी अध्यक्ष श्रीमती सिता खरेल, सृजनशील लेस्टर नेपाली समाज यूकेका अध्यक्ष प्रेम आलेमगर, पिटरबरो नेपाली समाजका अध्यक्ष पवन शर्मा, नेपलिज सेफ एसोसियन यूकेका अध्यक्ष कृष्ण तिमिल्सेना, बिहुकोट हेल्प नेटवर्कका अध्यक्ष दयानिधि सापकोटा, गुल्मी समाज यूकेका कोषाध्यक्ष तारा भण्डारी, डेनमार्कका लागी नेपाल टुरिजम बोर्डका मानार्थ जनप्रतिनिधि सोम सापकोटा लगायतले शुभकामना मन्तव्य दिए । त्यसैगरि गल्कोट नगरपालिकाका मेयर भरत गैरे र गल्कोट समाज जापान लगायत अन्य संस्थाबाट प्राप्त शुभकामना सन्देश कार्यक्रम संचालक पुष्प उप्रेतीले वाचन गरेका थिए ।
कार्यक्रममा स्थानीय कलाकारहरु विनोद, विनिता, प्रकाश, चञ्चल, दिप्ती सापकोटा, श्रेया खरेल, रमिला, रन्जिता, सरिता, आशा, उषा र अनुस्का पाठकले आफ्नो प्रस्तुति देखाए । त्यस्तै स्वीन्डनबाट आएका गल्कोटे कलाकारहरु अशोक बुढाथोकी, सुबीर दर्लामी, भुवन बुढाथोकी, दुर्गा, अमिर, विष्णु, शिला, राजकुमारी, आकृति र सबिता राना लगायतको टोलीले सोरठी नाच प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रमकै क्रममा नेपालदेखि बेलायत भ्रमणमा आएका रुद्रमणी कंडेलले संयोजन गरेको समूहले भजन प्रस्तुत गरेको थियो भने बर्मिङगहमबाट झुमकाली समूहका कलाकारहरु सुरेश भण्डारी, टुलक रेग्मी, अजय सुवेदी, दीपा साहनी, रमा खत्री, चन्द्र साहनी, लिला थापा, ललिता साहनी, विष्णु थापा, रमा रेग्मी, निर्जा सुबेदी, लिल साहनी, अमर साहनी र राम साहनी लगायतको टिमले सालैजो र अष्ट्रेलियाबाट बेलायत भ्रमणमा रहेकी कलाकार अस्मिता खरेलले आफ्नो नृत्य प्रस्तुत गरे ।
कार्यक्रममा नेपालका चर्चित लोकदोहोरी कलाकारहरु राजु ढकाल, याम क्षेत्री र जमुना रानाको साथमा यूकेका डिजे चांद लामा, लिला थापा, राजेश मल्ल, डिल्ली गैरे, राम साहनी, भिम थापा र डिलु गैरेले संयोजन गरेको नौमती बाजा समूहको विशेष प्रस्तुतिले कार्यक्रमको रौनक थप उचाईंमा पुरयायो ।
कार्यक्रमका लागि कार्यसमिति सदस्य अजय सुवेदीको नेतृत्वमा स्वयंसेवक टोली परिचालन गरिएको थियो ।
उक्त अवसरमा प्रमुख अतिथिको विदाई गर्दै गल्कोट समाज यूकेको तर्फबाट अध्यक्षले प्रमुख अतिथिलाई चिनो स्वरुप गल्कोटको तस्विर प्रदान गरे । कार्यक्रममा आपतकालिन राहत कोष स्थापनार्थ आर्थिक सहयोग गर्ने हिरक प्रायोजकहरुलाई भादगाउंले टोपी र सम्पूर्ण प्रायोजकलाई प्रमाणपत्र हस्तान्तरण गर्दै गल्कोट समाज यूकेका अध्यक्षले खादा र नौमती बाजाको नहरा बजाई सम्मान गरिएको थियो । कार्यक्रम सफल पार्न सहयोग गर्ने कार्यासमितका सदस्यहरु, स्वयंसेवक, कलाकार तथा प्रत्यक्ष परोक्ष लागि पर्ने सम्पूर्ण सहयोगीलाई धन्यवाद ज्ञापन गरि संस्थाका अध्यक्षले औपचारिक कार्यक्रम समापन गरेका थिए ।
सांस्कृतिक कार्यक्रमको संयोजन गरेका गल्कोट समाज यूके कार्यसमिति सदस्य डिलु गैरेद्वारा सञ्चालित अनौपचारिक कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरु राजु ढकाल, जमुना राना र याम छेत्रीको साथमा नौमति बाजा र चांद म्यूजिकको डिजले थप रौनक बटुल्यो ।
गल्कोट समाज यूकेले स्थापनाको छोटो समयमा नै विभिन्न सामाजिक कार्य गरिसकेको छ । समाजले पश्चिम बाग्लुङका बाढीपहिरो पीडित, क्यान्सर पीडित बिरामी, गल्कोटवासी मेरुदण्ड भांचिएका बिरामीसहित आफ्नो आमाबुवा गुमाएका दुई बालकको पठनपाठनका लागि करिब ७ लाख रुपैयां बराबरको सहयोग गरिसकेको छ ।
समाजले सामाजिक कार्य अझ प्रभावकारी, चुस्त र पारदर्शी बनाउने उद्देश्यले गल्कोट समाज यूकेलाई बेलायतको सेवामुखी संस्थाहरु अनुगमन गर्ने संस्था च्यारिटी कमिसनमा दर्ता गर्ने प्रक्रिया अन्तिम चरणमा पुरयाएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार