
विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणपछि राजधानीमा बुधबार विवेकशील साझा पार्टीको घोषणा गर्दै सहसंयोजक उज्वल थापा । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ११ साउन । मुलुकलाई समृद्धितर्फ लैजाने मूल उद्देश्यका साथ विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ ।
आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी दुई पार्टी एक भएको जानकारी दिइयो । एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ ।
एकीकरण भएसँगै पार्टीको केन्द्रीय समिति ३४ सदस्यीय बनाइएको छ । जसमा रवीन्द्र मिश्र, उज्वलबहादुर थापा, अनुषा थापा, सूर्यराज आचार्यलगायत रहनुभएको छ । दुवै पार्टीका चार-चार जना रहने गरी संयोजन समिति निर्माण गरिएको छ । मिश्र र थापा सहसंयोजकका रुपमा रहनुभएको छ । बैठकको अध्यक्षता भने मिश्रले गर्ने बताइएको छ ।
त्यसैगरी प्रत्येक प्रदेशमा एक एक जना प्रदेश संयोजकको भूमिकामा रहने पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
पार्टी एकिकरण कार्यक्रममा बोल्दै पार्टीका संयोजक रवीन्द्र मिश्रले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुलुकको मुल्य मान्यतालाई आत्मसाथ गरी देश विकासमा लाग्ने विश्वास दिलाउनुभयो ।
सोही अवसरमा संयोजक मिश्रले आफ्रनो पार्टीको सक्रियतामा सन् २०३० सम्ममा नेपाललाई न्युन आयबाट मध्यम आयमा लगिने पनि बताउनुभयो ।
अर्का संयोजक उज्वल बहादुर थापाले देशलाई आर्थिक विकास र संवृद्धि गर्नको लागि पार्टी एकता भएको जानकारी गराउनुभयो ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा