काठमाडौँ, १० साउन । छिमेकी चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले त्यहाँको सिगात्से र आली प्रिफेक्चरको अवलोकन गर्नुभएको छ ।
अध्यक्ष ओली ल्हासाबाट रेलमार्गमार्फत सिगात्से प्रस्थान गर्नुभएको थियो । अध्यक्ष ओलीसँग सिगात्से प्रिफेक्चरका पार्टी सेक्रेटरी चाङ याङछिङबीच भेटघाट गर्नुभएको थियो ।
चाङले तिब्बत सरकारले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको, नेपालको विनाशकारी भूकम्पबाट अवरुद्ध खासा नाका क्षेत्र खुलाउन अध्ययन भइरहेको र रसुवागढी नाकामा चीनतर्फ पूर्वाधार विकासको कार्य भइरहेको अवगत गराउनुभयो । उहाँले किमाथांका–चेन्ता नाका क्षेत्रमा समेत चीनतर्फ द्रुत गतिमा पूर्वाधार विकास भइरहेको जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले आफू सन् २०१६ मा प्रधानमन्त्रीका रुपमा चीनको औपचारिक भ्रमणका समया दुई देशको हितका लागि विभिन्न सम्झौता र सहमति भएको उल्लेख गर्दै ती सम्झौता तथा सहमति कार्यान्वयन गर्न तिब्बत सरकार तथा सिगात्से प्रिफेक्चर सरकारको समेत पूर्ण सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
तिब्बत र नेपालबीचको ऐतिहासिक, भौगोलिक, व्यापारिक, धार्मिक, सांस्कृतिक सम्बन्धको उल्लेख गर्दै भविष्यमा द्विपक्षीय सम्बन्ध र सहयोग थप सुदृढीकरण हुने र चीनको ‘वान वेल्ट वान रोड’ अवधारणाबाट नेपालले फाइदा लिन चाहेको ओलीले बताउनुभयो ।
यही साउन ७ गते काठमाडौँबाट ल्हासा जानुभएका पूर्वप्रधानमन्त्री ओलीलाई ल्हासाको गोंगर विमानस्थलमा तिब्बत सरकारका सहायक अध्यक्ष महामहिम लो मई, तिब्बत जनकाँग्रेसका उपाध्यक्ष महामहिम चु च्यानह्वा तथा नेपाली महावाणिज्य दूतावास, ल्हासाका महावाणिज्यदूतलगायतले स्वागत गर्नुभएको थियो ।
सोही दिन उहाँको सम्मानमा ल्हासास्थित सांग्रिला होटलमा तिब्बत जनसरकारका अध्यक्ष महामहिम छि रात्रिभोजको आयोजना गर्नुभएको थियो ।
एमाले केन्द्री कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार भ्रमणको चौथो दिन आज उहाँ तिब्बतको आलीबाट ल्हासा फर्कनुभएको छ । ल्हासामा उहाँ त्यस शहरका प्रसिद्ध धार्मिक तथा पर्यटकीय धरोहरहरु जस्तै पोताला दरबार, नोर्बुलिंका मन्दिर, नोर्बुलिंका पार्क, अन्य प्रशिद्ध गुम्बा तथा मन्दिरहरुको अवलोकन गर्ने तथा तिब्बत क्षेत्रका अन्य उच्च नेताहरुसँग भेटघाट सम्पन्न भएको छ ।
अध्यक्ष ओली यही साउन १३ गते ल्हासाबाट नेपाल फर्कने कार्यक्रम छ । ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य तथा चिकित्सकसहित छ सदस्य छन् ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा