काठमाडौँ, १० साउन । वरिष्ठ कलाकार डिना वाङ्देलको संयुक्त राज्य अमेरिकाको भर्जिनियामा आज निधन भएको छ ।
मेनिन्जाइटिस कारण ५५ वर्षको उमेरमा उहाँको निधन भएको वाङ्देलका नेपालस्थित आफन्त प्रज्ज्वल शाक्यले जानकारी दिनुभयो ।
भर्जेनिया कमन वेल्थ युनिभर्सिटीमा सह–प्राध्यापक वाङ्देल कलाको इतिहास विषयमा करिब दुई दशकदेखि अध्यापन गराउँदै आउनुभएको थियो । आधुनिक कलाका प्रणेता लैनसिंह वाङ्देलका छोरी वाङ्देल सोही युनिभर्सिटीको दोहास्थित कलेजमा प्रमुख हुनुहुन्थ्यो ।
नेवारी परम्परागत कलाका साथै समकालीन कलाको विकासमा ठूलो योगदान पुरयाउनुभएकी वाङ्देलले अन्तर्राष्ट्रिय तहमा नेपालको कला प्रवद्र्धन गर्दै आउनुभएको थियो । वाङ्देलको श्रीमान् र दुई छोरा अमेरिकामा नै बस्दै आउनुभएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता