लन्डन । नेपालमा गुणस्तरिय सिनेमा बन्ने क्रम बढिरहंदा बेलायतमा त्यसको प्रदर्शन, प्रवर्धन तथा प्रचार प्रसार गर्ने जिम्मा युवाहरुको समूह ३२ बक्स लिमिटेड र जि ९ इन्टरटेन्मेन्ट्सले लिने भएको छ । आइतबार लन्डन साउथ हयारोस्थित माया पबमा आयोजित पत्रकार भेटघाटमा उक्त समूहले नेपाली सिनेमा, कला-संस्कृति जगेर्ना तथा प्रवर्धनका लागि आफूहरु निरन्तर लागिरहने अठोट व्यक्त गरेको हो ।
३२ बक्स लिमिटेडमा अविरल कोइराला, ज्ञान गुरुङ, रविन गुरुङ (एलबीजेड) र प्रशान्त थापा छन् भने जि ९ इन्टरटेन्मेन्ट्समा प्रशान्त राई, मान थापा, मधु घिमिरे, सुवोध देवान र ज्ञान राई संलग्न छन् ।
कार्यक्रममा ३२ बक्स लिमिटेडका प्रशान्त थापाले अब आफ्नो प्रोजेक्ट अन्तर्गत बेलायतमा यही जुलाइमा ‘धनपति’ फिल्म प्रदर्शन गर्ने र त्यसपछि छक्का पन्जा २, कृ, २ रुपैयां जस्ता फिल्म यसै वर्ष प्रदर्शन गर्ने योजना सुनाए । ज्ञान गुरुङले हाइलाइट्स नेपालमार्फत नेपालमा बन्ने ‘स्ट्याण्डर्ड फिल्म’ मात्र बेलायतमा प्रदर्शन गरिने बताए । उनले आफ्नो समूहले विगतमा पनि सिने वल्ड, भ्यू, ओडियन जस्ता प्रतिष्ठित हलमा फिल्म देखाइसकेको स्मरण गर्दै आफूले ल्याउने हरेक फिल्म उच्च प्रविधिका हलमा लगाइने जनाए । शुरुमा नेपाली फिल्म भनेपछि बेलायतको प्रतिष्ठित हलमा लगाउन समेत आनाकानी गरिएको अवस्थाबीच आफूहरुले त्यस विपरित नेपाली फिल्म गुणस्तरका हिसावले कम छैनन् भन्ने प्रमाणित गरेको दावी उनले गरे ।
यो समूहले बेलायतमा गाजलु, पुरानो डुंगा, लप्पन छप्पन, जात्रा जस्ता फिल्म प्रदर्शन गरिसकेको छ ।
एलबीजेड गुरुङले बेलायतवासी नेपाली सिनेमाप्रेमी दर्शकहरुलाई नेपाली चलचित्र माया गरि हलमा हेरिदिन आग्रह गरे ।
जि ९ इन्टरटेन्मेन्ट्सका प्रशान्त राईले आफूहरु नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने उद्देश्य राखेर ३२ बक्ससंग सहकार्य गर्न लागेको बताए । जि ९ मा हाल ब्रिटिश आर्मीमा सेवारत गोर्खाहरु आवद्ध छन् ।
उक्त अवसरमा माया पव सञ्चालन गरेकामा समूहका तर्फबाट पव सञ्चालहकहरु सिद्धार्थविक्रम क्षेत्री, रविन गुरुङ, शिवन पुन र रन्जन राजवंशीलाई खादासहित वधाइ दिंदै सफलताको शुभकामना दिइएको थियो ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार