लन्डन । नेपालमा गुणस्तरिय सिनेमा बन्ने क्रम बढिरहंदा बेलायतमा त्यसको प्रदर्शन, प्रवर्धन तथा प्रचार प्रसार गर्ने जिम्मा युवाहरुको समूह ३२ बक्स लिमिटेड र जि ९ इन्टरटेन्मेन्ट्सले लिने भएको छ । आइतबार लन्डन साउथ हयारोस्थित माया पबमा आयोजित पत्रकार भेटघाटमा उक्त समूहले नेपाली सिनेमा, कला-संस्कृति जगेर्ना तथा प्रवर्धनका लागि आफूहरु निरन्तर लागिरहने अठोट व्यक्त गरेको हो ।
३२ बक्स लिमिटेडमा अविरल कोइराला, ज्ञान गुरुङ, रविन गुरुङ (एलबीजेड) र प्रशान्त थापा छन् भने जि ९ इन्टरटेन्मेन्ट्समा प्रशान्त राई, मान थापा, मधु घिमिरे, सुवोध देवान र ज्ञान राई संलग्न छन् ।
कार्यक्रममा ३२ बक्स लिमिटेडका प्रशान्त थापाले अब आफ्नो प्रोजेक्ट अन्तर्गत बेलायतमा यही जुलाइमा ‘धनपति’ फिल्म प्रदर्शन गर्ने र त्यसपछि छक्का पन्जा २, कृ, २ रुपैयां जस्ता फिल्म यसै वर्ष प्रदर्शन गर्ने योजना सुनाए । ज्ञान गुरुङले हाइलाइट्स नेपालमार्फत नेपालमा बन्ने ‘स्ट्याण्डर्ड फिल्म’ मात्र बेलायतमा प्रदर्शन गरिने बताए । उनले आफ्नो समूहले विगतमा पनि सिने वल्ड, भ्यू, ओडियन जस्ता प्रतिष्ठित हलमा फिल्म देखाइसकेको स्मरण गर्दै आफूले ल्याउने हरेक फिल्म उच्च प्रविधिका हलमा लगाइने जनाए । शुरुमा नेपाली फिल्म भनेपछि बेलायतको प्रतिष्ठित हलमा लगाउन समेत आनाकानी गरिएको अवस्थाबीच आफूहरुले त्यस विपरित नेपाली फिल्म गुणस्तरका हिसावले कम छैनन् भन्ने प्रमाणित गरेको दावी उनले गरे ।
यो समूहले बेलायतमा गाजलु, पुरानो डुंगा, लप्पन छप्पन, जात्रा जस्ता फिल्म प्रदर्शन गरिसकेको छ ।
एलबीजेड गुरुङले बेलायतवासी नेपाली सिनेमाप्रेमी दर्शकहरुलाई नेपाली चलचित्र माया गरि हलमा हेरिदिन आग्रह गरे ।
जि ९ इन्टरटेन्मेन्ट्सका प्रशान्त राईले आफूहरु नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने उद्देश्य राखेर ३२ बक्ससंग सहकार्य गर्न लागेको बताए । जि ९ मा हाल ब्रिटिश आर्मीमा सेवारत गोर्खाहरु आवद्ध छन् ।
उक्त अवसरमा माया पव सञ्चालन गरेकामा समूहका तर्फबाट पव सञ्चालहकहरु सिद्धार्थविक्रम क्षेत्री, रविन गुरुङ, शिवन पुन र रन्जन राजवंशीलाई खादासहित वधाइ दिंदै सफलताको शुभकामना दिइएको थियो ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
फैलिँदै इरान–इजरायल युद्ध
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान जारी
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने