काठमाडौँ, ७ साउन । विभिन्न १९ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
बोर्डकाअनुसार ती सबै कम्पनीले तोकिएको समयमा नै हकप्रद शेयर जारी गर्न सके पूँजीबजारमा रु १३ करोड ५७ लाख ५१ हजार १०१ कित्ता शेयर प्रवेश गर्नेछ ।
ती शेयरको मूल्य रु १३ अर्ब ५७ करोड ५१ लाख १० हजार ११८ बराबरको हुनेछ । त्यसरी हकप्रद शेयर निष्कासनका लागि आवेदन दिनेमा नौवटा विकास बैंक रहेका छन् ।
यस्तै प्रभु बैंकले १० बराबर चारका दरले रु दुई अर्ब ३५ करोड २५ लाख ६० हजार ८०० बराबरको हकप्रद शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । यस्तै अपि पावर कम्पनीले २१ करोड कित्ता हकप्रद शेयर जारी गर्ने लक्ष्यका साथ बोर्डमा निवेदन दिएको छ ।
बोर्डमा निवेदन दिनेमा चारवटा फाइनान्स कम्पनी रहेका छन् भने एक बीमा कम्पनी रहेको छ । ‘क’ वर्गकै बैंक सिभिलले पनि १० बराबर चारका दरले रु दुई अर्ब सात करोड ४० लाख ८८ हजार ६७५ बराबरको हकप्रद शेयर जारी गर्न आवेदन दिएको छ ।
यस्तै बोर्डका अनुसार बैंक तथा वित्तीय क्षेत्र र जलविद्युत् गरी १८ कम्पनीले साधारण शेयर र थप शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । शेयर निष्कासन गर्न लागेका १८ मध्ये ११ जलविद्युत् कम्पनी छन् ।
कुल १८ कम्पनीले रु पाँच करोड ६२ लाख तीन हजार ८५ कित्ता साधारण शेयर जारी गर्न बोर्डमा आवेदन दिइएको प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो ।
तीमध्ये रु तीन अर्ब २९ करोड १४ लाख २९ हजार बराबरको तीन करोड २९ लाख १४ हजार कित्ता साधारण शेयर र एक करोड ७० लाख कित्ता थप निष्कासन (एफपिओ) का लागि निवेदन परेको छ ।
आकर्षण जलविद्युत्को शेयरमा
यस्तै जलविद्युत् कम्पनीले पनि आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिने क्रम पछिल्लो दिनमा बढ्दै गएको छ ।
पछिल्लो समयमा जलविद्युत् आयोजनाले १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासीलाई अनिवार्यरुपमा साधारण शेयर दिनुपर्ने नीतिगत व्यवस्थापछि प्रवद्र्धकले धमाधम शेयर दिन लागेका हुन् ।
शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड रहेको छ । सो कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई रु आठ करोड बराबरको आठ लाख कित्ता शेयर निष्कासनका लागि निवेदन दिएको छ ।
गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि रु दुई करोड बराबरको दुई लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयवासीलाई शेयर दिने भएको छ । यस्तै राधी विद्युत् कम्पनी लिमिटेडले रु सात करोड ६४ लाख ५५ हजार बराबरको साधारण शेयर निष्कासन गर्न लागेको छ ।
त्यस्तै बुटवल पावर कम्पनी लिमिटेडले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । साधारण शेयर नै जारी नगरी एफपिओ जारी गर्न लागेको भन्दै सो कम्पनीको आलोचनासमेत हुने गरेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईं जलविद्युत् आयोजना र यस क्षेत्रको लगानीप्रति नागरिकको चासो बढेका कारण पनि आकर्षण बढेको प्रतिक्रिया दिनुहुन्छ ।
पूँजी बढाउन बैंकको दौड
उता बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडले पूँजी बढाउन संस्थापक एफपिओ निष्कासन गर्ने जनाएको छ । बैंकले ६१ लाख ५८ हजार कित्ता एफपिओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ ।
त्यस्तै एनएमबी बैंकले चुक्ता पूँजी बढाउन एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्कासनका लागि यसअघि नै आवेदन दिएको हो । चुक्तापूँजी रु आठ अर्ब बढाउन एफपिओ निष्कासन गर्न लागेको बैंकले जनाएको छ ।
यसैगरी मेघा बैंक लिमिटेडले १० बराबर छ अनुपातमा रु दुई अर्ब ९७ करोड ८५ लाख तीन हजार ४६३ को हकप्रद शेयर जारी गर्न आवेदन दिएको छ ।
यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रु तीन करोड बराबरको साधारण शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ ।
नेपाल ग्रामीण विकास बैंकले पनि पूँजी बढाउने दौडमा रहेको छ । सो बैंकले नौ लाख ७५ हजार कित्ता एफपिओ निष्कासन गर्न लागेको छ ।
उता प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले छ लाख ५९ हजार ५६५ कित्ता एफपिओका लागि आवेदन दिएको छ । तर एफपिओको मूल्य भने निर्धारण हुन सकेको छैन ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता