
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठक । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ७ साउन । नेपाली काँग्रेसले स्थानीय तहको दुई चरणको निर्वाचनमा भोगेको परिणामको समीक्षा गर्दै आगामी निर्वाचनमा पार्टीलाई कसरी अब्बल बनाउने भन्नेबारे बहस सुरु गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अघिल्ला निर्वाचनमा भएका कमीकमजोरीलाई समीक्षा गरी प्रदेश नं २ मा आगामी असोज २ गते हुने निर्वाचनमा पार्टीलाई कसरी सशक्त र प्रभावकारी बनाएर लैजाने भन्नेबारे छलफल केन्द्रित रहेको नेताहरुले बताएका छन् ।
बैठकमा स्थानीय तहको निर्वाचनको परिणाम र काँग्रेसको समग्र सांगठनिक शक्तिको परिचालनमा देखिएको कमीकमजोरीको समीक्षा गरेर आगामी चरणको निर्वाचनमा गर्नुपर्ने अख्तियारीको रणनीतिबारे छलफल भइरहेको केन्द्रीय सदस्य महेश आचार्यले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
“आज हामी एउटै विषयमा केन्द्रित छौँ निर्वाचन परिणामको बृहत् समीक्षा गरेर आगामी निर्वाचनमा पार्टीलाई कसरी प्रभावकारी बनाउने भन्नेमा छौँ, आज र भोलि छलफल गरी निष्कर्षमा पुग्छौँ”– उहाँले भन्नुभयो ।
स्थानीय निर्वाचनको समीक्षासँगै प्रदेश र केन्द्रीय संसद्को निर्वाचनमा पनि काँग्रेसको स्थितिलाई सुधार गर्नका लागि गरिनुपर्ने सांगठनिक तयारी, नेताहरुले सार्वजनिक रुपमा जनतासँग लैजाने एजेण्डा तथा राष्ट्रिय राजनीतिका महत्वपूर्ण एजेण्डामा काँग्रेसको कौशल नेतृत्व स्थापित गर्ने ढंगले जानुपर्छ भन्नेबारे छलफल चलिरहेको नेता आचार्यले बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय समिति बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षामा केन्द्रित रहेको र नेताहरुले बोल्नेक्रम जारी रहेको बताउनुभयो ।
“बैठकको मुख्य एजेण्डा नै निर्वाचनको समीक्षा हो, आगामी निर्वाचनमा पार्टीलाई कसरी प्रभावकारी ढंगले अघि बढाएर लैजान सकिन्छ, सम्पूर्ण संगठनलाई सक्रियरुपमा परिचालन गर्न पार्टीको कस्तो रणनीति लिने भन्नेबारे छलफल भइरहेको छ यस विषयमा सबै केन्द्रीय सदस्यहरुले बोल्ने सूची तय भएको छ”– उहाँले भन्नुभयो ।
उहाँका अनुसार बैठकमा बोल्ने सदस्यहरुले मुख्यगरी स्थानीय निकायको निर्वाचनमा काँग्रेसको यो स्थिति किन बन्यो के–के कमजोरीका कारण समस्या उत्पन्न भयो तथा निर्वाचनमा खटिने केन्द्रीय सदस्यहरुको अनुभव कस्तो रह्योलगायत विषयमा छलफल भइरहेको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता आजदेखि सुरु बैठकमा निर्वाचनको समीक्षा साथै आफ्नै पार्टी नेतृत्वको सरकारको राष्ट्रिय राजनीतिमा खेल्नुपर्ने भूमिकाबारे पनि नेताहरुबीच विचार विमर्श हुनेछ ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसक्नुका कारण तथा आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजान नेतृत्वले पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नुभएको थियो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षासम्बन्धी विषयमा केन्द्रित आजको बैठकमा केन्द्रीय सदस्य बलबहादुर केसी, महेश आचार्य, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्बे, आनन्दप्रसाद ढुंगाना, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, शंकर भण्डारी, मीन विश्वकर्माले बोल्नुभएको थियो ।
त्यस्तै पार्वता डिसी चौधरी, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, देवेन्द्रराज कँडेल र सरिता प्रसार्इंले आ–आफ्नो धारणा राख्नुभएको काँग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा पार्टी पदाधिकारी एवं सदस्यले आफ्नो धारणा राख्नेक्रम जारी रहेकाले बैठक आइतबार बिहान ८ बजे पुनःबस्नेछ ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल