लन्डन । बेलायतमा नेपालीको सबैभन्दा पुरानो संस्था यति नेपलिज एसोसिएसन यूकेकी अध्यक्ष श्रीमती पिपला देवानले पदबाट अचानक राजिनामा दिएकी छिन् ।
गत मे २८, २०१६ मा मात्र अध्यक्ष पदमा निर्वाचित देवानले महासचिवलाई आइतबार एक राजिनामा पत्र लेख्दै आफ्नो राजिनामा सल्लाहकार र सदस्यहरुमाझ पुरयाइदिन आग्रह गरेकी छिन् ।
उनले राजिनामा पत्रमा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष र केही सल्लाहकारले गत वर्षको दशैं कार्यक्रम, एनआरएनए यूकेलाई भवन निर्माणका लागि दिइएको चन्दा लगायतका प्रसङग उठाइ बैठक चल्न नदिएको र बैठकमै अध्यक्ष पद छोडेमा आफूहरुले चलाउने बताएको र सोही कारण आफ्नो स्वास्थ्यमा असर परेकाले राजिनामा दिएको बताएकी छिन् । बिरामी हुनुको कारण अन्य पनि रहेको र सोही कारण नेपाली समुदायको कार्यक्रममा नहिंडेको प्रष्टिकरण उनले दिएकी छिन् ।
आफूले पदबाट राजिनामा दिएको प्रष्ट गर्दै उनले यसबारेमा थप बोल्ने नचाहेको वीनेपालीलाई बताइन् ।
राजिनामा पत्रमा उनले आफूमाथि लगाइएको ५ वटा आरोपहरुको बुंदागत प्रष्टीकरण पनि दिएकी छिन् । जसमा यतिले गत दशैँमा गरेको कार्यक्रम, सल्लाहकार चयन, एनआरएनए यूकेलाई भवन बनाउन दिइएको चन्दा लगायत छन् । उनले आफूले जिम्मेवारीपूर्ण तवरले काम गर्दागर्दै सधैं विरोधमात्र गरी काम गर्न नदिएको गम्भीर आरोप पनि लगाएकी छिन् ।
पूर्व राजा बीरेन्द्र बेलायतमा अध्ययन गर्दाताका सन् १९६० मा स्थापित यतिमा विवाद आउने गरेको यो पहिलो घट्ना भने होइन ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने