लन्डन । बेलायतस्थित नेपाली तन्नेरीबीच गर्न लागिएको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ २०१७’ को अडिसन बिहीबार सांझ अल्डरसटस्थित प्यालेस हलमा सम्पन्न भएको छ । अडिसनबाट २५ जना निवेदकमध्येबाट १३ जना छानिएको प्रतियोगिता आयोजक सपन इन्टरटेन्मेन्ट लिमिटेडले जनाएको छ ।
छानिएका प्रतियोगीले ३० जुलाइका दिन प्रिन्सेस हल, अल्डरसटमा हुने अन्तिम प्रतिष्पर्धामा दुई वटा ‘परफर्मेन्स’ देखाउनुपर्नेछ । प्रतिष्पर्धीले ५० प्रतिशत मत पब्लिकबाट र ५० प्रतिशत निर्णायकबाट पाउनेछन् । पब्लिक भोटिङ फाइनलकै दिन दर्शकहरु र युट्यूब भ्यूजबाट बिजेता मुल्यांकन गरिने कार्यक्रम संयोजक निशा गुरुङले जनाइन् । उनले छनोटमा परेका डान्सरहरुमा एउटा ग्रुपबाहेक सबै एकल छन् । यसपटक तीनजना पुरुष प्रतिष्पर्धी समेत छन् ।
सनमकुमार बैराग, चरण प्रधान, शशी गुरुङ र गत वर्षकी विजेता जेनी सुनुवार निर्णायकको भूमिकामा थिए ।
उक्त प्रतियोगिताको फाइनलमा मुख्य निर्णायक र कोरियोग्राफर रिनासा बान्तवा राई हुनेछिन् । पहिलो हुने बिजेताले १२ सय पाउण्ड, दोश्रो हुनेले ८ सय पाउण्ड र तेश्रो हुनेले ५०० पाउण्ड नगद पाउने आयोजक सपनकुमार राईले जनाए । राईले कार्यक्रममा उपस्थित भएर प्रतियोगीलाई हौसला प्रदान गरिदिन पनि आग्रह गरेका छन् ।
तस्विरहरुः मिलन तमु
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?