काठमाडौँ, ५ साउन । निर्वाचन आयोगले तेस्रो चरणको प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
आयोगको बुधबारको बैठकले ती आठ जिल्लाका १२७ स्थानीय तहमा असोज २ गते बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम स्वीकृत गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को असार १ गतेको बैठकले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको थियो । प्रदेश नं २ अन्तर्गत गाउँपालिका-नगरपालिकाको संख्या १२७ रहेको छ ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आगामी भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको प्रवक्ता शर्माले बताउनुभयो । निर्वाचन कार्यक्रमअनुसार भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
आयोगले निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्तिलगायत आवश्यक तयारीका कार्य भइरहेको जनाएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै