काठमाडौँ, ५ साउन । निर्वाचन आयोगले तेस्रो चरणको प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
आयोगको बुधबारको बैठकले ती आठ जिल्लाका १२७ स्थानीय तहमा असोज २ गते बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम स्वीकृत गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को असार १ गतेको बैठकले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको थियो । प्रदेश नं २ अन्तर्गत गाउँपालिका-नगरपालिकाको संख्या १२७ रहेको छ ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आगामी भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको प्रवक्ता शर्माले बताउनुभयो । निर्वाचन कार्यक्रमअनुसार भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
आयोगले निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्तिलगायत आवश्यक तयारीका कार्य भइरहेको जनाएको छ ।
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार