काठमाडौँ, ५ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज थापाथलीस्थित नर्भिक अस्पताल पुग्नुभएको छ ।
बुधबार बिहान मुटुको उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका पूर्वराजा शाहको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिनुभएका अध्यक्ष थापाले स्वास्थ्यलाभको कामना पुस्तिकामा हस्ताक्षरसमेत गर्नुभएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजिओप्लाष्टी गरिएकामा अहिले उहाँको अवस्था सुधारोन्मुख बन्दै गएको उपचारमा संग्लन डा यादवदेव भट्टले अध्यक्ष थापालाई जानकारी गराउनुभयो ।
उहाँलाई शुक्रबार घर पठाइने अस्पतालले जनाएको छ । उहाँको उपचारमा मुटुरोग विशेषज्ञ भट्ट नेतृत्वको टोलीमा डा शिवजीविक्रम सिलवाल, डा शेखर राजभण्डारी, डा नग्मा श्रेष्ठ, डा सन्तोषमान श्रेष्ठ तथा डा किशोरजङ राणा संलग्न हुनुहुन्छ ।
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते