काठमाडौँ, ५ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज थापाथलीस्थित नर्भिक अस्पताल पुग्नुभएको छ ।
बुधबार बिहान मुटुको उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका पूर्वराजा शाहको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिनुभएका अध्यक्ष थापाले स्वास्थ्यलाभको कामना पुस्तिकामा हस्ताक्षरसमेत गर्नुभएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजिओप्लाष्टी गरिएकामा अहिले उहाँको अवस्था सुधारोन्मुख बन्दै गएको उपचारमा संग्लन डा यादवदेव भट्टले अध्यक्ष थापालाई जानकारी गराउनुभयो ।
उहाँलाई शुक्रबार घर पठाइने अस्पतालले जनाएको छ । उहाँको उपचारमा मुटुरोग विशेषज्ञ भट्ट नेतृत्वको टोलीमा डा शिवजीविक्रम सिलवाल, डा शेखर राजभण्डारी, डा नग्मा श्रेष्ठ, डा सन्तोषमान श्रेष्ठ तथा डा किशोरजङ राणा संलग्न हुनुहुन्छ ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने