काठमाडौँ, ५ साउन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक’ ग्रहण नगर्ने हुनुभएको छ ।
अध्यक्ष दाहालको सचिवालयले आज जारी गरेको विज्ञप्तिअनुसार पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा भएकाले प्रस्तुत प्रस्तावको सम्मान गर्दै उक्त पुरस्कार नलिने निर्णय भएको हो ।
त्रिमूर्ति निकेतनले प्रधानमन्त्री भएका बेला दाहालले यस निकेतनको उचाइ बढाउनुका साथै नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान पुरयाएको भन्दै त्यसको कदरस्वरुप सम्मान र पदक प्रदान गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष प्रचण्डले सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकामा निकेतनलाई धन्यवाद दिँदै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय गर्नुभएको प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा