ललितपुर, ४ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा (माओवादी केन्द्रले) अपेक्षित जीत हासिल गर्न नसक्नुको दोष जनतालाई दिएर नेताकार्यकर्ताले उन्मुक्ति नपाउने बताउनुभएको छ ।
आज ललितपुरको थासीखेलमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले देश माओवादीकै एजेण्डामा चलिरहेको तथा माओवादी नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा राम्रो काम गर्न सफल भएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “राम्रो काम गर्दागर्दै पनि निर्वाचनमा हामीले अपेक्षित सफलता हासिल गर्न सकेनौँ । त्यसको दोष जनतालाई दिएर हामीले उन्मुक्ति पाउँदैनौँ । हामीले जनतालाई किन बुझाउन र राम्रो संगठन बनाउन सकेनौँ त्यतातिर गम्भीर समीक्षा गरेर मात्र नयाँ पार्टी बन्छ ।”
क्रान्तिकारीको एकता अनिवार्य भएकामा जोड दिँदै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनबाट विभाजित भएर गएका कसैले पनि फुटको औचित्य पुष्टि गर्न नसकेको टिप्पणी गर्नुभयो ।
माओवादीबाट विभाजित भएर गएका मोहन वैद्य, नेत्रविक्रम चन्द, बाबुराम भट्टराईको नेतृत्वमा रहेका सबैलाई निर्वाचनमार्फत जनताले एकताको विकल्प छैन भन्ने सन्देश दिएको उहाँको भनाइ छ ।
अहिले चलिरहेको सचिवालय बैठकबाट क्रान्तिकारी माओवादीको एकताका लागि विशेष प्रस्ताव पारित गरेर एकताका लागि अपिल गर्ने उहाँले जानकारी दिनुभयो ।
संगठनबिनाको माओवादीको औचित्य नहुनेमा जोड दिँदै अध्यक्ष प्रचण्डले थप्नुभयो, “संगठनबिना चुनाव पनि जितिन्न, आर्थिक समृद्धिको नेतृत्व गर्न पनि सकिँदैन । अनि, राजनीतिक संघर्षको नेतृत्व पनि गर्न सकिन्न ।”
कार्यक्रममा नेपाली (काँग्रेस)का महाधिवेशन प्रतिनिधि गणेशबहादुर केसीसहित विभिन्न पार्टी परित्याग गरी छ दर्जन नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । सो अवसरमा ललितपुर जिल्लाबाट स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो