ललितपुर, ४ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा (माओवादी केन्द्रले) अपेक्षित जीत हासिल गर्न नसक्नुको दोष जनतालाई दिएर नेताकार्यकर्ताले उन्मुक्ति नपाउने बताउनुभएको छ ।
आज ललितपुरको थासीखेलमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले देश माओवादीकै एजेण्डामा चलिरहेको तथा माओवादी नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा राम्रो काम गर्न सफल भएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “राम्रो काम गर्दागर्दै पनि निर्वाचनमा हामीले अपेक्षित सफलता हासिल गर्न सकेनौँ । त्यसको दोष जनतालाई दिएर हामीले उन्मुक्ति पाउँदैनौँ । हामीले जनतालाई किन बुझाउन र राम्रो संगठन बनाउन सकेनौँ त्यतातिर गम्भीर समीक्षा गरेर मात्र नयाँ पार्टी बन्छ ।”
क्रान्तिकारीको एकता अनिवार्य भएकामा जोड दिँदै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनबाट विभाजित भएर गएका कसैले पनि फुटको औचित्य पुष्टि गर्न नसकेको टिप्पणी गर्नुभयो ।
माओवादीबाट विभाजित भएर गएका मोहन वैद्य, नेत्रविक्रम चन्द, बाबुराम भट्टराईको नेतृत्वमा रहेका सबैलाई निर्वाचनमार्फत जनताले एकताको विकल्प छैन भन्ने सन्देश दिएको उहाँको भनाइ छ ।
अहिले चलिरहेको सचिवालय बैठकबाट क्रान्तिकारी माओवादीको एकताका लागि विशेष प्रस्ताव पारित गरेर एकताका लागि अपिल गर्ने उहाँले जानकारी दिनुभयो ।
संगठनबिनाको माओवादीको औचित्य नहुनेमा जोड दिँदै अध्यक्ष प्रचण्डले थप्नुभयो, “संगठनबिना चुनाव पनि जितिन्न, आर्थिक समृद्धिको नेतृत्व गर्न पनि सकिँदैन । अनि, राजनीतिक संघर्षको नेतृत्व पनि गर्न सकिन्न ।”
कार्यक्रममा नेपाली (काँग्रेस)का महाधिवेशन प्रतिनिधि गणेशबहादुर केसीसहित विभिन्न पार्टी परित्याग गरी छ दर्जन नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । सो अवसरमा ललितपुर जिल्लाबाट स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा