लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेकी उपाध्यक्ष तथा कवयत्री लिला सेलिङ माबोले एनआरएनए यूकेको महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । सप्ताहन्त पत्रकारहरुमाझ उनले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । एनआरएनए यूकेको चुनाव आगामी सेप्टेम्बर ९ मा अल्डरसटमा हुंदैछ ।
उम्मेदवारी घोषणासंगै उनले आफूले जितेमा एनआरएनए यूके महिला फोरमको उदाहरणीय कामलाई निरन्तरता दिंदै फोरमलाई अझ सशक्त र सबल बनाउने अठोट व्यक्त गरेकी छन् । नेपाली महिलाहरुको अन्तर्राष्ट्रिय सम्वन्ध विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले बेलायतमा रहेका नेपाली ‘इथ्नीक’ महिलाहरुका समस्या स्थानीय सरकार समक्ष लगेर सम्वोधन गर्न पहल गर्ने पनि बताइन् । महिला हक हितका लागि समेत काम गर्ने उनको सोच छ ।
नेपाल छंदा शिक्षण पेशामा संलग्न माबोले एनआरएनए यूकेको च्यारिटी विभाग र किरात याक्थुङ चुम्लुङ यूकेका विभिन्न विभागमा रहेर काम गरिसकेकी छन् ।
सन् २००० अगष्टमा बेलायत आएकी माबो डेन्टल नर्स पनि हुन् । सरे युनिभर्सिटीबाट बीएस्सी अनर्स गरेकी उनी किरात याक्थुङ चुम्लुङ (कियाचु) रसमोर शाखाको संस्थापक अध्यक्ष र पांचथर समाज सेवा यूकेको उपाध्यक्ष भइसकेकी छन् ।
कियाचुको साहित्य र सांस्कृतिक विभागमा समेत काम गरेकी माबोका लिम्बु र नेपाली भाषामा कयौं साहित्यिक रचना छन् ।
उनले आफूलाई जिताउन सबैमा अपिल गरेकी छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार