लन्डन । बेलायतस्थित एकजना उदयीमान व्यवसायी तथा सक्रिय सामाजिक अभियन्ता कृष्ण तिमल्सेनाले एनआरएनए यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । धेरैको अड्कलबाजी अन्त्य गर्दै उनले बुधबार विभिन्न सञ्चारमाध्यममार्फत उम्मेदवारी दिने घोषणा गरेका हुन् । तिमल्सेनाको घोषणासंगै अब एनआरएनए यूकेको चुनावी मैदानमा अध्यक्षका दावेदार तीन जना पुगेका छन् । हिराधन राईले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने योगकुमार फगामीले यही आइतबार औपचारिक घोषणा गर्ने कार्यक्रम छ ।
हाल यूकेबाट एनआरएनएमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य (आइसीसी मेम्बर) रहेका तिमल्सेना एनआरएनए यूकेमा सदस्य हुंदै उपाध्यक्ष भइसकेका छन् । संघमा विगत ९ वर्षदेखि उनको नेतृत्वदायी भूमिका छ । नेपलिज सेफ एसोसिएसन यूकेका अध्यक्ष समेत रहेका तिमल्सेना निस्वार्थ सामाजिक र च्यारिटी कामका कारण अधिक रुचाइएका व्यक्तित्व हुन् ।
आफ्नो उम्मेदवारी एनआरएन धनीहरुको मात्र क्लब भयो भन्ने जन गुनासो र भ्रम चिर्न केन्द्रित भएको उनले बताए । ‘म आफैं ग्रासरुटबाट आएको सामान्य किसानको छोरा हुं’, तिमल्सेनाले भने, ‘त्यसकारण सर्वसधारणलाई एनआरएन हाम्रो पनि हो भन्ने आभास दिलाउंछु ।’ नेपाल हाउस प्रोजेक्टको निरन्तरतासहित बेलायतस्थित विभिन्न संघसंस्थाहरुसंग समन्वय र सहकार्य गरि देश र समाजको हितमा आफूलाई समर्पित गराउने अठोट पनि उनको छ । ‘जहांसम्म जितको आधार हो, मैले धेरै ब्यक्ति, समुदाय र संगठनलाई परोक्ष सहयोग गरेको छु । आशा छ मलाई पर्दा उहांहरुले पनि दत्तचित्त भइ सहयोगको हात फैलाउनु हुनेछ’, उनले भनेका छन् ।
विगत १७ वर्षदेखि बेलायतमा बस्दै आएका उनी समुदायमा अति मिलनसार र सहयोगीका रुपमा चिनिन्छन् । उनले निरन्तर रुपमा आपतविपत परेका नेपालीलाई आर्थिक सहयोग र कयौंलाई रोजगारी दिएका छन् भने जन्मस्थान धादिङ धुवांकोटमा शिक्षाको विकासमा समेत उनको सहयोग छ ।
सन् २००७ मा शुरु क्रिस फुड लिमिटेडका सञ्चालक तिमल्सेनाको नेपालमा होटल, प्रोपर्टी, हाइड्रो लगायतमा लगानी छ ।
तस्विरः शिव भण्डारी
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?