लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचनका लागि दैनिक जसो उम्मेदवारी घोषणा चलिरहेको छ । अध्यक्षदेखि युवा संयोजकसम्म घोषणा भइसकेको छ । २०१५-२०१७ को एनआरएनए बेलायत कार्यसमिति सहमतिमा छानिएपछि उम्मेदवारी दिने वित्तिकै पद खान पाइने लोभमा यसपटक पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट घोषणा गर्नेको संख्या ह्वात्तै बढेको छ ।
तर, त्यो पदमा रहंदा वा गर्नुपर्ने आर्थिक जिम्मेवारीबारे भने थोरैलाई थाहा छ । अध्यक्ष पद निर्वाचित भएकै दिनदेखि अन्तिमसम्म दैनिक जसो हुने कार्यक्रममा उपस्थित हुनु पर्नेछ, त्यो पनि आफ्नै खर्चमा । कार्यक्रम स्थल पुगेपछि १०-२० पाउण्ड खर्च भइहाल्छ । प्राय गाउंले समाज र नेपालमा गरिने सहयोगका लागि च्यारिटी कार्यक्रममा बोल्नुपर्ने रकम त अध्यक्षले खल्तीबाटै हाल्नुपर्ने बाध्यता छ ।
वर्तमान एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङका अनुभवमा महिनाको २ हजार पाउण्ड सामाजिक कार्यका लागि खर्च गर्नुपर्छ । गुरुङको भनाईलाई आधार मान्य हो भने दुई वर्ष कार्यकालका लागि करिव ५० हजार पाउण्ड खर्च गर्न तयार हुनुपर्नेछ ।
यसपटक गत वर्षको तुलनामा सदस्यता नवीकरणमा कमी आउने अनुमान स्वयं एनआरएनए अभियन्ताहरुको छ । आइसीसी भवनका लागि लेभीस्वरुप १० पाउण्ड, सदस्यता शुल्क १० पाउण्ड र एनआरएनए कार्डका लागि ५ पाउण्ड गरि २५ पाउण्ड सदस्यता शुल्क यस कार्यकालका लागि गरिएपछि सर्वसाधारणको चासो ह्वात्तै घटेको छ ।
बिना ठोस कार्यक्रम सदस्यता शुल्क मात्र बृद्धि गरिने र गैर आवासीय नेपालीका लागि सिन्को नभांच्ने प्रवृत्ति बढेपछि पैसा खर्च गरेर सामाजिक प्रतिष्ठा बढाउने क्लबका रुपमा यस संस्थालाई अधिकांश गैर आवासीय नेपालीले बुझ्न थालेका छन् ।
बेलायतको सन्दर्भमा हेर्ने हो भने अध्यक्ष पदमा दावीसहित उम्मेदवारी दिने हिराधन राई, योगकुमार फगामी, दासुराम पाण्डे मध्येका कसैले पनि एनआरएनए यूकेलाई आत्मनिर्भर बनाउन ठोस कार्यक्रम ल्याएका छैनन् । हजारौं पाउण्ड खर्च गरि आयोजना भएको पत्रकार सम्मेलनमा योजना भने शुन्य जस्तै छन् । अध्यक्ष बन्ने दौडमा रहेका राई र फगामी दैनिक आफन्त र साथीभाईलाई फारम भराउने र आफूले सदस्य संख्या धेरै बनाएर अध्यक्ष बन्ने दाउमा छन् । विगतमा कार्यसमिति उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका तीनै जनाले नै सदस्य शुल्क बढाउने निर्णयमा हस्ताक्षर गरेका छन् । १ पाउण्डमा बन्ने सामान्य आकारको एनआरएनए कार्डका लागि ५ पाउण्ड तिराउने पनि उनीहरु नै हुन् ।
जबसम्म एनआरएनए यूकेको सञ्चालन ‘मोडालिटी’ मा परिवर्तन हुंदैन, तबसम्म संघ धनीहरुकै क्लव रहने निश्चित प्रायः छ । धनीहरुकै क्लवको रुपमा विकास हुंदै गएको आम गैर आवासीय नेपालीको बुझाइलाई यसले सजिलै पुष्टी समेत गर्छ जसले यसको साख दिनानुदिन घटाउंदै लगेको छ ।
अब भिजन र वुद्धि विवेक भएका तर पैसा नभएका व्यक्ति समेत नेतृत्वमा पुग्ने गरि सञ्चालन कार्यविधि पुनर्संरचना गर्न जरुरी छ नत्र हजारौं पाउण्ड खर्च गर्ने, आफैं सदस्यता बनाउने र पैसाकै बलमा नेतृत्व कब्जा गर्ने व्यक्तिहरु नै संघमा हावी हुने निश्चित छ । जसले आम गैर आवासीय नेपालीलाई संघप्रति आकर्षित गर्न सक्दैन ।
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने