काठमाडौँ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिने स्पष्ट पार्नुभएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसनको पच्पन्नौँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले २४० निर्वाचन क्षेत्र हुने हल्लाको भ्रममा नपर्नसमेत सबैमा आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले आगामी मङ्सिरभित्रै तीनवटै तहको निर्वाचन सम्पन्न गरिने गृहकार्यमा सरकार जुटेको बताउँदै ‘माघ ७ भित्र सबै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ, निर्वाचन क्षेत्र निर्धारण आयोगको एक-दुई दिनभित्रै निक्र्यौल हुनेछ, संविधानको सर्वस्वीकार्यता बढाई देशलाई समृद्धितर्फ अघि बढाउन सबैको ध्यान जानुपर्छ’, भन्नुयो ।
‘देशको विकास निर्माणमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको छ’, उहाँले भन्नुभयो – ‘देशको विकास निर्माणमा इञ्जिनियरको महत्वपूर्ण भूमिका छ, स्थानीय निकायमा इञ्जिनियर लगायत सबै कर्मचारीको मनोबल उच्च बनाउन सुविधा र जिम्मेवारीको सुनिश्चितता गरिने विश्वास दिलाउन चाहन्छु ।’
प्रधानमन्त्री देउवाले अझै पनि भूकम्पपीडित पालमुनि बस्न बाध्य रहेको उल्लेख गर्दै उनीहरुको उचित व्यवस्थापनका लागि इञ्जिनियरलगायत सबैको सक्रियता आवश्यक छ भन्नुभयो ।
इञ्जिनियरको क्षमता अभिवृद्धिका लागि एसोसिएसनले स्टाफ कलेज निर्माणको माग गरेकोमा त्यसका लागि आफू सकारात्मक रहेको उहाँले बताउनुभयो ।
पूर्वमन्त्रीद्वय लक्ष्मण घिमिरे र गणेश साहले विज्ञान र प्रविधिको विकास गर्न कम्तीमा देशको एक प्रतिशत बजेट लगानी गरी इञ्जिनियरिङ पेशालाई व्यावसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।
एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले स्थानीय निकायमा इञ्जिनियरलाई खटाउँदा उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउँदै इञ्जिनियरहरु पनि पेशाप्रति मर्यादित र जिम्मेवार ढङ्गले देश निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।
सो अवसरमा एसोसिएसनले संस्थागततर्फ नेपाल विद्युत् प्राधिकरणलाई उत्कृष्ट सम्मान तथा प्राधिकरणकै प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई उत्कृष्ट अर्वार्ड प्रदान गरिएको छ ।
यसैगरी इ.ईश्वरीमान प्रधानलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ भने उत्कृष्ट काम गर्ने इञ्जिनियर दामोदर आचार्य, डा सुधा श्रेष्ठ र देवेन्द्रकुमार झालाई सम्मान गरियो ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?