
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को तत्वावधानमा न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय राजनीतिक मञ्चको मन्त्रिस्तरीय बैठकमा मङ्गलबार दिगो विकासका कार्यसूची कार्यान्वयनबारे स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गर्दै नेपाली प्रतिनिधिमण्डलका नेता तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ । तस्बिर ः सौजन्य–परराष्ट्र मन्त्रालय, रासस
काठमाडौँ, ३ साउन । नेपालले संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय राजनीतिक मञ्चमा दिगो विकासका कार्यसूची कार्यान्वयनबारे स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गरेको छ ।
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को तत्वावधानमा न्यूयोर्कमा जारी उक्त मञ्चको मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले आज उक्त समीक्षा प्रस्तुत गर्नुभएको हो । चालु आवमा नेपालले सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सुनाउँदै उहाँले त्यसले नेपालको विकासको शुरुआत गर्ने बताउनुभएको न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
दिगो विकासका लक्ष्य हासिल गर्न नेपालको संविधान मार्गदर्शक भएको बताउँदै उहाँले त्यसका लागि राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय तहका बहुसाझेदारबीचको सुदृढ सहकार्यमा जोड दिनुभयो । नेपालले दिगो विकासका लक्ष्यलाई राष्ट्रिय कार्यक्रम र योजनामा समाहित गरी तदनुरुप कार्यसम्पादन गर्दै आएको जानकारी पनि उहाँले दिनुभयो ।
उक्त नियोगका अनुसार सहस्राब्दी विकास लक्ष्यअन्तर्गतका पूरा हुन नसकेका विषयलाई शीघ्र पूर्ण गर्ने र दिगो विकासका लक्ष्य हासिल गर्ने प्रयासमा नेपाल लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष श्रेष्ठले बैठकमा प्रस्तुत जिज्ञासाको जवाफसमेत दिनुभएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता