लन्डन । चितवन एड ट्रष्ट (क्याट) यूकेको आइतबार लन्डनमा सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले देवेन्द्र श्रेष्ठको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ । अन्तिम सम्मको सहमति प्रयास विफल भएपछि गरिएको निर्वाचनमा श्रेष्ठले रितेश पाण्डेलाई पराजित गरेका हुन् । निर्वाचनकै माध्यमबाट उपाध्यक्षमा यादव श्रेष्ठ, जीवन सेन र भगवती रानाभाट निर्वाचित भएका छन् । उपाध्यक्षमा ५ जनाबीचको चुनावी भिडन्तमा राम भट्टराई र समिर खनाल पराजित भए ।
नयां कार्यसमितिको महासचिवमा राजेन्द्र सुबेदी, सचिव शालिक सापकोटा, कोषाध्यक्ष रमेशकुमार श्रेष्ठ र सह कोषाध्यक्षमा दिपेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरि सदस्यहरुमा राजु आचार्य, शिब भण्डारी, मदनकुमार श्रेष्ठ, भिम सापकोटा, तारा अर्याल, उपेन्द्र पौडेल, आनन्द धरेल, पार्वती न्यौपाने, सूर्य तामाङ, विकास सापकोटा, रघु दाहाल निर्वाचित भए ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक कपिल श्रेष्ठले शपथ ग्रहण गराएका थिए ।
यसअघि अध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण र अतिथीहरु एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, आइसीसी सदस्य सोम सापकोटा लगायतले शुभकामना दिएका थिए । महासचिव यादव श्रेष्ठले संस्थाको सांगठनिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा लोकप्रिय गायक आनन्द कार्की, चितवनकै नव गायिका ममता गुरुङ र संगीतकार शिखर सन्तोषले गायन प्रस्तुत गरेका थिए ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै