क्याट यूकेमा भिडन्तबीच नयां नेतृत्व देवेन्द्र श्रेष्ठको कांधमा

लन्डन । चितवन एड ट्रष्ट (क्याट) यूकेको आइतबार लन्डनमा सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले देवेन्द्र श्रेष्ठको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ । अन्तिम सम्मको सहमति प्रयास विफल भएपछि गरिएको निर्वाचनमा श्रेष्ठले रितेश पाण्डेलाई 
पराजित गरेका हुन् । निर्वाचनकै माध्यमबाट उपाध्यक्षमा यादव 
श्रेष्ठ, जीवन सेन र भगवती रानाभाट निर्वाचित भएका छन् । उपाध्यक्षमा ५ जनाबीचको चुनावी भिडन्तमा राम भट्टराई र समिर खनाल पराजित भए ।

नयां कार्यसमितिको महासचिवमा राजेन्द्र सुबेदी, सचिव शालिक सापकोटा, कोषाध्यक्ष रमेशकुमार श्रेष्ठ र सह कोषाध्यक्षमा दिपेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् । 
त्यसैगरि सदस्यहरुमा राजु आचार्य, शिब भण्डारी, मदनकुमार श्रेष्ठ, भिम सापकोटा, तारा अर्याल, उपेन्द्र पौडेल, आनन्द धरेल, पार्वती न्यौपाने, सूर्य तामाङ, विकास सापकोटा, रघु दाहाल निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष देवेन्द्र श्रेष्ठ

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका 
संयोजक कपिल श्रेष्ठले शपथ ग्रहण गराएका थिए ।

यसअघि अध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण र अतिथीहरु एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, आइसीसी सदस्य सोम सापकोटा लगायतले शुभकामना दिएका थिए । महासचिव यादव श्रेष्ठले संस्थाको सांगठनिक प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा लोकप्रिय गायक आनन्द कार्की, चितवनकै नव गायिका ममता गुरुङ र संगीतकार शिखर सन्तोषले गायन प्रस्तुत गरेका थिए ।

तस्विरहरुः बीरेन्द्र श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री