
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पच्चिसौँ साधारणसभाबाट अध्यक्षमा विजयी रोहन गुरुङसहित विजयी पदाधिकारी । तस्बिर ः किरण भट्टराई, रासस
काठमाडौँ, ३१ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी हुनुभएको छ ।
गुरुङले ४३४ मत प्राप्त गर्नुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी विमल ढकालले ३४१ मात्र प्रात गर्नुभयो ।
यसैगरी प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तना, द्वितीय उपाध्यक्षमा भुवनसिंह गुरुङ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाल, सचिवमा किशोरबहादुर जिसी र कोषध्यक्षमा राधिका कटवाल विजयी भएका छन् ।
त्यस्तै सदस्यहरुमा बबनकुमार सिंह, सञ्जु गुरुङ, परमेश्वर अधिकारी, तेजमाया लिम्बू, सुरेश गौतम, सविना श्रेष्ठ, कुन्सा दोर्जे लिम्बू, प्रितमबहादुर मगर, प्रेमबहादुर विश्वकर्मा, सुरज केसी विजयी भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरमबाट विमल ढकाल नेतृत्वको संयुक्त व्यवसायी समूह तथा नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चबाट रोहन गुरुङ नेतृत्वको संयुक्त व्यावसायिक समूहले निर्वाचनमा भाग लिएका थिए ।
संघको २५औं वार्षिक सधारणसभाअन्तर्गत भएको निर्वाचनमा गुरुङ समुहले तीन बाहेक सबै पदमा विजयी हासिल गरेको छ । ढकाल समुहबाट भने द्वितिय उपाध्यक्ष भुवनसिंह गुरुङ र कोषध्यक्षमा राधिका कटवाल तथा सदस्यमा सुरज केसी विजयी भएका छन् ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते