काठमाडौँ, ३१ असार । धितोपत्र बजारमा यस साता रु चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६८ कम्पनीको एक करोड १४ लाख ३८ हजार ३९० कित्ता शेयर खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा ५९ दशमलव ४३ प्रतिशत बढी हो । गत साता १६२ कम्पनी रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरका ७० लाख २३ हजार ६३० कित्ता शेयर खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ४८ अङ्कले घटेर अन्तिम दिन १५८२ दशमलव ६७ अङकमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ७१ अङ्कले घटेर ३३६ दशमलव ०४ अङ्कमा आइपुगेको छ ।
यससाता कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु ३० करोड २९ लाख ४० हजार बराबरको शेयर कारोबार भयो ।
त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड अग्रस्थानमा रहेको छ । सो फण्डको २७ लाख १५ हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ ।
यससाता डिप्रोक्स लघुवित्त विकास बैंक, रिलायवल डेभलपमेन्ट बैंक, भार्गव विकास बैँंक र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद र बोनस शेयर समेत स्टकमा सूचीकृत भएको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित