
नेपाली काँग्रेसका नेता रामहरि जोशीको पार्थिव शरीरमा शुक्रबार भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल । जोशीको दम र निमोनियाका कारण बिहीबार साँझ ९१ वर्षको उमेरमा ग्रान्डी अस्पतालमा निधन भएको हो । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३० असार । बिहीबार निधन हुनुभएका नेपाली काँग्रेसका नेता रामहरि जोशीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
काँग्रेसका पुराना नेता जोशीको अन्तिम दाहसंस्कार गरिएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । जोशीको पार्थिव शरीरमा उहाँका भतिजा विष्णु जोशीले दागबत्ती दिनुभएको थियो ।
पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आर्यघाट पुगी स्व जोशीप्रति पार्टीको चारतारे झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि दिनुभयो । नेता जोशीलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा रामशरण महतलगायत आर्यघाट पुग्नुभएको थियो । जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा काँग्रेस नेता कार्यकर्ता तथा शुभेच्छुकको भीड थियो ।
नेपाली राजनीतिमा समाजवादी नेताका रुपमा चिनिनुभएका जोशीको दम र निमोनियाका कारण बिहीबार साँझ ९१ वर्षको उमेरमा ग्रान्डी अस्पतालमा निधन भएको थियो ।
नेपाली काँग्रेसले तीन दिन पार्टीको आधा झण्डा झुकाउने

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा शुक्रबार बस्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३० असार । नेपाली काँग्रेसले दिवंगत नेता रामहरि जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टीका एक संस्थापक नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आइतबार एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सो बैठकले स्व जोशीले राष्ट्रियता, प्रजातन्त्र, समाजजाद एवं प्रजातान्त्रिक आन्दोलनमा अनवरतरुपमा पुरयाउँदै आउनुभएको योगदानको उच्च सम्मान गर्दै उहाँलाई ‘उच्च नेताको’ रुपमा सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।
बैठकपछि नेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दिवंगत नेता जोशीले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा अथक योगदान पुरयाएबापत पार्टीले उच्च सम्मान गर्दै तीनदिनसम्म आधा झण्डा झुकाउनुका साथै शोकसभाहरु सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले शान्तिवादी चरित्र, सादकी जीवन र वैचारिकरुपमा पनि पार्टीलाई अघि बढाउन खेलेको भूमिकालाई पार्टीले आगामी दिनमा आत्मसात् गरेर अघि बढ्नसक्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा