
प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, पूर्व प्रधानमन्त्रीहरुलगायत ‘जनता टेलिभिजन’ को उद्घाटन कार्यक्रममा बिहीबार सहभागी हुँदै । तस्बिरः रोशन सापकोटा, रासस
काठमाडौँ, २९ असार । नयाँ श्रव्यदृष्य विद्युतीय माध्यम ‘जनता टेलिभिजन’को आज यहाँ शुभारम्भ गरिएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सो टेलिभिजनको आज यहाँ शुभारम्भ गर्दै सत्यतथ्यमा आधारित भएर आलोचना गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । “मिडियाले राजनीतिकर्मीलाई गाली गर्नु, आलोचना गर्नुलाई मैले सकारात्मक रूपमा नै लिएको छु, तर सत्यतथ्यमा आधारित आलोचना होस्, समाचार पनि सत्यतथ्य होस्”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।
आगामी असोज २ गते २ नं प्रदेशको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका साथै माघ ७ भित्र प्रदेश र सङ्घको समेत निर्वाचन गर्ने सरकारको योजना रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।
कार्यक्रममा नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पछिल्लो पटक आमसञ्चारमाध्यमको गुणात्मकभन्दा पनि सङ्ख्यात्मक वृद्धि भइरहेका असन्तोष व्यक्त गर्दै यसको गुणात्मक वृद्धिमा जोड दिनुभयो । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पछिल्लो पटक सञ्चारमाध्यमले जनताका विषयभन्दा पनि बढी मात्रामा राजनीतिक समाचारलाई महत्व दिएकामा असन्तोष व्यक्त गर्नुभयो ।
‘जनता टेलिभिजन’ का अध्यक्ष डा विजयकुमार पौडेलले जनताको लगानीमा जनताका लागि सञ्चालित आफ्नो टेलिभिजनले जनताकै विषयलाई बढी महत्वका साथ प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विसं २०७४ वैशाख २० गतेदेखि परीक्षण प्रसारण सुरू गरेको सो टेलिभिजनले आजदेखि नियमित प्रसारण सुरू गरेको हो ।
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित