लन्डन । ब्रिटेनको रोयल एयर फोर्स (आरएएफ) रेजिमेन्टमा महिला सैनिकहरुले पहिलो पटक नजिकबाटै स्थलगत लडाईं गर्न अनुमति पाएका छन् । लन्डनमा आयोजित आरएएफ एयर पावर कन्फरेन्सका क्रममा बेलायती रक्षामन्त्री सर माइकल फालनले आगामी सेप्टेम्बरदेखि महिला अग्रपंक्ति (कम्ब्याट रोल) मा आउने घोषणा गरेका हुन् । आरएएफ रेजिमेन्ट ब्रिटिश वायु सेनाको स्थलगत लडाईं गर्ने बल हो जसले आरएएफका अखडा, विमान र उपकरणहरु देशभित्र र बाहिर पनि रक्षा गर्ने काम गर्छ ।
तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यकाल गत जुलाई २०१६ मा महिलाहरुलाई लडाईंमा जान लगाइएको रोक फुकुवा गरिएको थियो । क्यामरुनले त्यतिबेला ब्रिटेनको सशस्त्र बल विश्वकै उच्च भएको जनाउंदै रोक फुकुवा ठूलो फड्को भएको बताएका थिए ।
फोर्सेस टिभीका अनुसार यसअघि महिला सैनिकलाई नन कम्ब्याट रोलमात्र दिइएको थियो । रोक फुकुवा गरिएपछि महिला सैनिकहरुलाई क्याभल्री, इन्फेन्ट्री र आर्मर्ड कर्पसमा जान अनुमति दिइएको छ ।
‘भिन्न बल अझ प्रभावकारी हुनेछ’, मन्त्री फालनले भने, ‘सेप्टेम्बरदेखि आरएएफ रेजिमेन्टले महिला भर्ना गर्ने कुरा जानकारी दिन पाउंदा म प्रसन्न छु ।’
चरणवद्ध परिवर्तन अनुसार, गत नोभेम्बर २०१६ मा रोयल आर्मर्ड कर्पसमा जान अनुमति दिइएको थियो । महिला सैनिक सन् २०१८ सम्म इन्फेन्ट्री, रोयल मरिन र आरएएफ रेजिमेन्टमा जानेछन् ।
तर, यसअघि गरिएको सैनिकहरुको एउटा अनुसन्धानले ७ हजार महिला सैनिकमध्ये ५ प्रतिशत भन्दा कमले मात्र इन्फेन्ट्री फिटनेश उत्तिर्ण गर्न सक्ने देखाएको थियो ।
जनरल निक कार्टरले महिलाहरुलाई सबै भूमिका दिइनु आर्मीभित्र प्रतिभावानलाई अवसर र यसले आर्मड फोर्स एउटा आधुनिक रोजगारदाता बन्ने बताए ।
ब्रिटिश आर्मीमा महिला सहभागिता शुरु भएको भने एकसय वर्ष पुगिसकेको छ । महिला सैनिक एक्जिलरी कर्पस ७ जुलाई १९१७ मा स्थापना गरिएको थियो ।
बेलायतको सत्तारुढ टोरी सरकारले सन् २०१० यता कम्तीमा २० हजार सैनिक कटौती गरिसकेको छ । हाल ब्रिटिश सैनिक संख्या ७८ हजार ४ सय रहेको बताइन्छ । ब्रिटिश सेनामा नेपाली अर्थात ब्रिटिश गोर्खा पनि अग्रपंक्तिमा खटिएका छन् । हाल ब्रिटिश गोर्खा संख्या करिब २५ सय छ । वर्षेनी नेपालबाट २ सय ३० युवा ब्रिटिस सेनामा छानिने गरेका छन् । उनीहरुले बाल्कन्स, इष्ट टिमोर, सियरालियोन, अफगानिस्तान र इराकमा प्रमुख भूमिका निर्वाह गरेका छन् । इकान्तिपुर
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै