काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आन्तरिक तथा बाह्य दुवै कारणले स्थानीय तहको निर्वाचनमा सोचे जति परिणाम आउन नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा मंगलबार बसेको हेडक्वार्टर बैठकमा स्थानीय तहको निर्वाचन, मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल भएको र सो सन्दर्भमा निर्वाचनको समीक्षालाई नै विशेष जोड दिइएको थियो ।
निर्वाचन प्रणाली खर्चिलो बनेको, सामान्य नेता तथा कार्यकर्ताले निर्वाचनमा सहभागी हुन सक्ने अवस्था नभएको, उम्मेदवार छनौटदेखि प्रचार प्रसारको कामसमेत प्रभावकारी बन्न नसकेको तथा पार्टीका नेता तथा कार्यकर्ता जुन रुपमा परिचालित हुनुपर्ने हो त्यसो हुन नसकेको, सरकारको नेतृत्वमा रहँदा भए गरेका कामको प्रभावकारी प्रचार प्रसार हुन नसकेको जस्ता समीक्षा आजको बैठकमा भएको थियो ।
कुल ६ वटा प्रदेशको स्थानीय तहको निर्वाचन सकिएको र २ नं प्रदेशको निर्वाचन बाँकी रहेको सन्दर्भमा पार्टी पङ्क्तिलाई थप प्रभावकारी रुपमा परिचालन गर्नुपर्नेमा नेताहरुले विशेष जोड दिएको बताइएको छ ।
पार्टी प्रवक्ता पम्फा भुसालले समग्र समीक्षा भने आगामी साउन २ गतेबाट सुरु हुने सचिवालयको विस्तारित बैठकमा नै हुने जानकारी दिनुभयो । निर्वाचनमा सोचेअनुसार सफलता हासिल नभए पनि एजेण्डाको हिसाबले माओवादी केन्द्रको नै जित भएको भन्दै समग्र समीक्षापछि पार्टी नयाँ आधारमा अगाडि बढ्ने प्रवक्ता भुसालको भनाइ छ ।
यस्तै, सङ्घ र प्रदेशको निर्वाचनमा पार्टीको सशक्त उपस्थितिका लागि प्रभावकारी रुपमा परिचालन हुनुपर्ने तथा मतदाता नामावली छुटेका सबैलाई पार्टीको स्थानीय नेतृत्व परिचालन गरेरै भए पनि नाम दर्ताका लागि परिचालन गर्नुपर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।
बैठक साउन २ गतेबाट बस्ने केन्द्रीय कार्यालय र जिल्ला इञ्चार्जको विस्तारित बैठकको कार्यसूचीका बारेमा केन्द्रित रहेको बताइएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा