काठमाडौँ, २४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन छलफल सुरु गर्नुभएको छ ।
सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा राष्ट्रिय जनता पार्टी (राजपा) का बीच सदनमा दर्ता भएको संविधान संशोधन प्रक्रिया अघि बढाउन शुक्रबार अन्य दलसँग छलफल सुरु गर्ने सहमति भएको थियो ।
यस क्रममा प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान प्रम निवास बालुवाटारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेता पशुपति शम्शेर जबरासँग छलफल गर्नुभएको छ । ती शीर्ष नेताका बीचमा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचनका विषयमा पनि कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री देउवाले भेटमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहयोग गर्न आफ्नो पार्टीलाई आग्रह गर्नुभएको राप्रपाका अध्यक्ष कमल थापाले भेटपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीको आन्तरिक बैठकमा छलफल गरी संविधान संशोधन प्रस्तावका बारेमा निर्णय लिइने जानकारी मैले प्रधानमन्त्रीलाई दिएँ ।”
नेका, माओवादी केन्द्र, राप्रपा केही मधेसवादी दल मिलेर केही महिना अगाडि व्यवस्थापिका–संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार