ब्राटिस्लाभ (आयरल्याण्ड), २४ असार । ब्रेक्जिटपछिको अवस्थामा आयरल्याण्डले बेलायतसँगको आफ्नो सिमाना खुल्ला राख्ने चाहना व्यक्त गरेको छ । बेलायतले युरोपेली सङ्घबाट बाहिरिने जनमत प्राप्त गरेपछि आयरल्याण्डको सो भनाइ आएको छ ।
यद्यपी बेलायत युरोपेली सङ्घबाट औपचारिक रुपमा बाहिरी सकेको भने छैन, यो प्रक्रियामा नै छ ।
आयरल्याण्डका विदेश मन्त्री सिमोन कोभेनीले स्लोभाकियाका समकक्षी मिरोस्लाभ लजाकसँगको शुक्रबार भएको छलफलका क्रममा सिमाना खुल्ला राख्ने चाहना व्यक्त गर्नुभएको हो ।
‘बेलायत र आयरल्याण्डको सिमा नाका खुल्ला गरेर आर्थिक र ब्रेक्जिटको क्षेत्र स्थापित हुनेछ भन्ने हामीलाई विश्वास छ’, कोभोनीले जोड दिनुभयो । लजाकले ब्रेक्जिट बारेको आयरल्याण्डको धारणाप्रति आभार व्यक्त गर्नु भएको छ ।
‘आयरल्याण्ड र स्लोभाकियाबीच धेरै कुरा साझा छन् । हामी तुलनात्मक रुपमा अरु भन्दा धेरै साना पनि छौं, हामी एक आपसमा मिलेर समस्याको समाधान निकाल्नु पर्दछ र त्यसलाई उपलब्धिमुलक बनाउनु पर्दछ, हामी तुलनात्मक रुपमा हाम्रा धेरै विषयमा गम्भीर छौं, युरोपेली सङ्घ र विश्वले सामना गरिरहेको चुनौतीका बारेमा हाम्रो समान धारणा रहेको छ’, लजाकले भन्नुभयो ।
स्लोभाकियाका विदेश मन्त्रीले दुई देशबीचको राजनीतिक सम्बादलाई निरन्तरता दिने सहमति पनि भएको बताउनुभयो । साथै अनुसन्धान, विकास, सिपमुलक शिक्षा लगायतका विषयमा पनि दूई देशले सहकार्य गर्ने भएका छन् ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ