
इलाम नगरपालिकामा विजयी नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षलगायतका जनप्रतिनिधिहरूलाई मुख्य निर्वाचन अधिकृत नवराज दाहालबाट बिहीबार सपथ ग्रहण गराउँदै । सपथ ग्रहण समारोहमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, जिल्लाका नेतागण लगायतको उपस्थिति रहेको थियो । तस्बिर – गोविन्द लामिछाने, इलाम रासस
काठमाडौँ, २२ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३१६ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।
सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । अहिले सात जिल्लाका १८ स्थानीय तहमा मतगणना जारी रहेको छ ।
झापाका ६ स्थानीय तह, मोरङका तीन, सुनसरी दुई, उदयपुर दुई, रुपन्देही दुई, कञ्चनपुर दुई र कैलालीको एक स्थानीय तहमा मतगणना कार्य जारी रहेको छ । पछिल्लो समय कुनै पनि स्थानीय तहको मतगणना कार्य स्थगित नरहेको केन्द्रले जनाएको छ ।
आज बिहान ८ः३० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले) १४१, नेपाली काँग्रेस ११७, नेकपा (माओवादी केन्द्र) ३७, सङ्घीय समाजवादी फोरम सात, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार दुई स्थानमा स्थानीय तहको प्रमुख-अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।
दोस्रो चरणमा ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने