
इलाम नगरपालिकामा विजयी नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षलगायतका जनप्रतिनिधिहरूलाई मुख्य निर्वाचन अधिकृत नवराज दाहालबाट बिहीबार सपथ ग्रहण गराउँदै । सपथ ग्रहण समारोहमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, जिल्लाका नेतागण लगायतको उपस्थिति रहेको थियो । तस्बिर – गोविन्द लामिछाने, इलाम रासस
काठमाडौँ, २२ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३१६ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।
सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । अहिले सात जिल्लाका १८ स्थानीय तहमा मतगणना जारी रहेको छ ।
झापाका ६ स्थानीय तह, मोरङका तीन, सुनसरी दुई, उदयपुर दुई, रुपन्देही दुई, कञ्चनपुर दुई र कैलालीको एक स्थानीय तहमा मतगणना कार्य जारी रहेको छ । पछिल्लो समय कुनै पनि स्थानीय तहको मतगणना कार्य स्थगित नरहेको केन्द्रले जनाएको छ ।
आज बिहान ८ः३० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले) १४१, नेपाली काँग्रेस ११७, नेकपा (माओवादी केन्द्र) ३७, सङ्घीय समाजवादी फोरम सात, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार दुई स्थानमा स्थानीय तहको प्रमुख-अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।
दोस्रो चरणमा ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग